दश निजी डेरी उद्योग बिरुद्ध मुद्दा, उपभोक्ता ठगेको आरोप
काठमाडौं । दहीमा कोलीफमको मात्रा बढी पाइएपछि निजी क्षेत्रबाट संचालित ९ वटा डेरी उद्योग बिरुद्ध खाद्य, प्रबिधि तथा गुण नियन्त्रण बिभागले मुद्दा दायर गरेको खुलासा भएको छ । भक्तपुरका ८ र काठमाडौंको एउटा निजी डेरी उद्योग बिरुद्ध बिभागले मुद्दा दायर गरेको बिभागको उच्चस्रोतले नाम उल्लेख नगर्ने शर्तमा बिभागस्रोतले जानकारी दिएको छ ।
उक्त स्रोतकाअनुसार ०७८ असारमा दहीको नमुना संकलन गरी अनुसन्धान गर्दा कोलीफमको मात्रा उच्च देखिएपछि बिभागले तत्कालै सरकारी वकिलको राय मरामर्शको आधारमा ४ वटा डेरी बिरुद्द भक्तपुर जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । बाँकीको हकमा अनुसन्धान पुरा गर्न समय लागेको र ४ महिना ढिला गरी गएको कात्तिकमा ५ वटा डेरी उद्योग बिरुद्ध मद्दा दायर गरिएको छ ।
कुन–कुन बिरुद्ध मुद्दा ?
भक्तपुर जिल्लामा संचालित कालिका डेरी उद्योग, जगदम्बा फुड एण्ड वेभरेज, शिव्म डेरी प्रा.लि र भक्तपुर डेरीलगायत ८ वटा र काठमाडौंमा रहेको एउटा डेरी बिरुद्ध दुई चरणमा गरी मुद्दा दायर गरिएको बिभागस्रोतले बताएको छ ।
सरकारी स्वामित्वमा संचालित दुग्ध बिकास संस्थानको बालाजुस्थित दुग्ध बितरण आयोजनामा अनुगमन गरी बिभागले म्याद नाघेको ९० हजार किलो बटर फेला पारेको काण्डका बिभाग बिवादमा तानिएको थियो । यो काण्डका कारण बिभाग नेतृत्वको चौतर्फी आलोचना भएको थियो । बजार अनुगमनको नाममा सरकारी संस्थानलाई कारवाही गरेर चर्चा कमाउन खोजेको बिभागले उल्टै बदनामी कमाएको थियो । त्यति मात्र होइन निजी क्षेत्रबाट संचालित डेरी उद्योगलाई प्रोत्साहन गरेको आरोपमा तत्कालीन महानिर्देशक डा. उपेन्द्र रायलाई यही निहुँ बनाएर ०७८ असोजमा मन्त्रालयमा तानिएको थियो ।
चाड पर्वको समयमा बजार अनुगमनलाई तिब्रता दिनुपर्ने मुख्य समयमा बिभागलाई नेतृत्वबिहीन बनाएको भन्दै कृषि तथा पशुपंछी बिकास मन्त्रालयको कार्यभारसमेत संहालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निकै आलोचना गरियो । तर बिभाग निजी क्षेत्रबाट संचालित डेरी उद्योग बिरुद्ध चुप लागेको आरोप खेपिरहेको समयमा भित्र भित्रै मुद्दा दायर भएको समाचारले उपभोक्तामा भने उत्साह छाएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्