एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं/च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसन द्वारा संयुक्त रुपमा आयोजना गरेको नेतृत्व क्षमता विकास अभिमुखीकरण सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठि शनिवार सम्पन्न भएको छ ।
काठमाडौंको छाउनी स्थित पञ्चकन्या माध्यामिक विद्यालयमा आयोजित उक्त कार्यशाला गोष्ठिमा संस्थाका अध्यक्ष प्रा.डा किशोर कुमार राजभण्डारी तथा अन्तर्राष्ट्रीय आर्ट एक्टका अध्यक्ष रामहरि गिरीले प्रशिक्षण दिनुभएको थियो ।
यस्तै पञ्चकन्या मा.विका प्रधानाध्यापक रूपा मानन्धरले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न शैक्षिक संस्था र स्वयंभू स्थलेटिक्स ट्रेनिङ सेन्टरका विद्यार्थी एवं खेलाडीहरु सहभागी भएका थिए ।
कार्यक्रममा स्वयंभू एथलेटिक्स ट्रेनिङ सेन्टरका अध्यक्ष रमेश सुनार, तेक्वान्दो प्रशिक्षक मोहम्मद ताज आलम लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुकोे उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्