प्रधानमन्त्रीद्धारा नेपाली फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीलाई सम्मान
काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाईआज सम्मान गरेको छ । प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफ बीमामा उप- विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मुधुसुदन उपाध्याय उपस्थित थिए ।
आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई मधुसुधन उपाध्यायसंगै भेट्न पाउँदा सम्मान पाएको छु ।’ सम्मानित भएपछि अलमुताइरीले सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गरेका छन् ।
यस्तै अलमुताइरीले आजै सरकारबाट पुरस्कार प्रपात गरेका सेन्ट्रल जोन विजेता महिला टोलीसँग पनि सेल्फी खिचाउँदै फोटो पोष्ट गरेका छन् ।
अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । गत अक्टोबरमा माल्दिभ्समा भएको साफमा नेपाल फाइनल पुग्दै इतिहास रचेको थियो । तर फाइनलमा भने भारतसंग पराजित भयो ।
प्रतिकृया दिनुहोस्