सिइओ रेग्मीमाथि मन्त्री जाइलाग्नुको रहस्य खुल्यो
काठमाडौ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा सबैभन्दा सक्रिय मन्त्रीका रुपमा पहिचान बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफूँले सम्हालेको मन्त्रालय अन्र्तगतका देखिएका समस्याहरुसँग पौठेजोरी खेल्दै आएका छन् । त्यसअन्र्तगत काम चोर र भ्रष्ट कर्मचारी तथा पदाधिकारीमाथि एक्सन लिने कार्य जारी राखेका छन् ।
पछिल्लो समय पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मी विवादित बन्न थालेपछि उनलाई मन्त्री आलेले जिम्मेवारीविहिन बनाए । पर्यटन क्षेत्रको समृद्धिमा पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको भएपनि समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन बोर्डको प्रमुख नै भ्रष्ट, अराजक र अपारदर्शी देखिएपछि मन्त्रीले हटाउनु स्वाभाविक नै हो । तर, डा. रेग्मीले भने मन्त्री आलेले आफूँमाथि राजनीतिक प्रतिशोध साँधेको बताएका छन् ।
यसबीच, पर्यटन बोर्डको सिइओ डा. धनञ्जय रेग्मीमाथि सुन तस्करीको आरोप लागेको छ । रेग्मीमाथि छानविनका लागि चन्द्र प्रसाद रिजालको संयोजकत्वमा गठन गरिएको उपसमितिले सो आरोप लगाएको हो ।
रिजाल नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा डा. रेग्मी अवैध सुन चौरी पैठारीमा स्वयम् सहभागि भएको उल्लेख छ । मिति २०७४ को कतार एयरवेजको उडान नं. क्युआर ७३० बाट नेपाल आउने क्रममा रेग्मीको साथबाट विस्कुट आकारको ३ थान अर्थात ३० ग्राम सुन बरामद भएको थियो ।
सुन तस्करको आरोपमा उनलाई त्रिभुवन भन्सार कार्यालयले मिति २०७७ भाद्र २१ गते रु. १ लाख ४० हजार ६८५ रुपैँया जरिवाना गरेको थियो । जबकि सो समयमा उनी पर्यटन बोर्डको सिइओ पदमा कार्यरत रहेका थिए ।
एक जिम्मेवार पदमा रहेर पनि आफ्नो पदीय मर्यादा भुलेर विभिन्न अवैध गतिविधिमा संलग्न भएको विषयहरु प्रतिवेदनमा उल्लेख छ ।
गत कार्तिक २० गते लन्डनको वल्र्ड ट्राभल मार्टमा सहभागि भएर फर्कँदा अवैध रुपमा रक्सी भित्र्याउँदा भन्सारका कर्मचारीले आफ्नो कर्तव्य पूरा गर्ने सिलसिलमा कर्मचारीमाथि उनले कुटपिट गरेपछि डा. रेग्मी विवादमा तानिएका थिए ।
पछिल्लो समय कोरोना भाइरसका कारण पर्यटन क्षेत्र कमजोर बनिरहेको अवस्थामा गुज्रिएको छ । कमजोर अवस्थामा रहेको समग्र पर्यटन क्षेत्रको विकासका लागि बोर्डको सक्रिय भूमिका हुनुपर्ने भएपनि बोर्डका सिइओले बोर्डलाई भ्रष्टाचारको अखण्डा बनाएको समेत प्रतिवेदनमा उल्लेख छ । सिइओ रेग्मीले बोर्डको रकममा चरम आर्थिक अनियमितता गरेको जनाएको छ ।
त्यसैगरी डा. रेग्मीले कर्मचारी कटौती तथा भर्तीमा आफूखुशी चलखेल गरेको र बोर्डलाई नोक्सान पु¥याउने काम गरेको, विदेश भ्रमणमा सरकारीसँगै निजी क्षेत्रका प्रतिनिधिहरू लैजाने निश्चित मापदण्ड हुँदाहुँदै नियम मिचेर आफ्ना मानिसलाई मात्र लगेको, प्रदेश कार्यालय तथा बोर्डको गतिविधि विस्तारमा आफूखुशी निर्णय गरेको, पर्यटन बोर्डको नीतिनियम तथा निर्देशन नमानेको आरोप प्रतिवेदनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्