सरकारले बेवास्ता गर्दा जनताले दुःख पाइरहेका छन् (अन्तरवार्ता)
गंगा विश्वकर्मा
केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी
मुलुकको राजनीतिक अवस्थालाई यहाँले कसरी लिनु भएको छ ?
यतिवेला मुलुकको राजनीति जटिल मोडमा छ । देशैँ असफल पार्ने अभियानमा प्रमुख दलहरु सक्रिय भएको देखिन्छ । प्रमुख दलका नेताहरुको क्रियाकलापले यस्तै अनुभव भइरहेको छ । हामीले नेपाल जोगाउनको लागि आम जनताले नजर लगाएर विचार गर्नु पर्ने अवस्था छ । प्रमुख दलहरु आफ्नै सत्ता स्वार्थमा मात्र लागिरहेको देखिन्छ । देशको माया उनीहरुलाई रहनेछ । कार्यपालिका, न्यायपालिका व्यवस्थापिका यि तिनै निकाय विभिन्न वाहानामा असफल हुँदै गएको देखिन्छ । यसरी हेर्दा अब जनताले विकल्प खोज्नु पर्ने तड्कारो आवश्यकता छ । असफल भएका दलहरुलाई हामी आम जनताले तिरस्कृत गर्ने बेला आएको छ । जनता अब अन्धो छैनन् भन्ने अब प्रमुख दलका नेताहरुले बुझे हुन्छ । जनतालाई झुक्याउने, भ्रम फैलाउने देखि बाहेक उनीहरुबाट कुनै काम भएको छैन । या काँग्रेस होस् , या माओवादी केन्द्र होस्, या एमाले होस् यि सबै प्रमुख दलहरुका विचार र सिद्धान्त सत्ताका लागि मात्र रहेछ भन्ने प्रमाणित भइसकेको छ । नेताहरुले राज्यका ढुकुटीमा ब्रम्हलट गरिरहेका छन् । अब त्यो सबै छानबिन हुनु पर्छ भन्ने जनआवाज आइरहेको छ । यसलाई, सकारात्मक रुपमा लिनु पर्छ ।
मैले विकास गरे भनेर केपी ओली पनि भ्रम फैलाइरहेका छन् । देउवाको स्थिति पनि त्यस्तै छ । प्रचण्डले पनि दोहोरो कुरा गरेर जनतामा भ्रम फैलाई रहेको छन् । माधव नेपाल पनि घरभाडा हुन । जनताले अनिवार्य रुपमा पाउनु पर्ने गाँस वास ,कपास खोजिरहेका छन् । यतातिर प्रमुख नेताहरुको ध्यान पटक्कै हैन । आफै मात्र बनौ, आफै मात्र खाउँ आफ्नै सन्तानलाई सुख सयर दिउँ भन्नेमा प्रमुख दलका नेताहरु तल्लीन छन् । देशव्यापी रुपमा भ्रष्टाचार छ, नेताहरुले नै भ्रष्टहरुको संरक्षण गरिरहेका छन् ।
प्रचण्डले पनि दोहोरो कुरा गरेर जनतामा भ्रम फैलाई रहेको छन् । माधव नेपाल पनि घरभाडा हुन । जनताले अनिवार्य रुपमा पाउनु पर्ने गाँस वास ,कपास खोजिरहेका छन् । यतातिर प्रमुख नेताहरुको ध्यान पटक्कै हैन । आफै मात्र बनौ, आफै मात्र खाउँ आफ्नै सन्तानलाई सुख सयर दिउँ भन्नेमा प्रमुख दलका नेताहरु तल्लीन छन् । देशव्यापी रुपमा भ्रष्टाचार छ, नेताहरुले नै भ्रष्टहरुको संरक्षण गरिरहेका छन् ।
र्तमान सरकारको क्रियाकलापलाई कसरी मुल्याङ्कन गर्नु हुन्छ ?
वर्तमान सरकारले विभिन्न निकायमा भइरहेको भ्रष्टाचारमा कुनै ध्यान दिएको छैन । स्वदेशमा रोजगारी नपाएर लाखौँ लाख होनाहार युवा विदेशिनु परिरहेको छ । महँगी व्यापक रुपमा बढिरहेको छ । प्रधानमन्त्री, मन्त्रीदेखि प्रमुख नेताहरु यसमा मौन बसिरहेका छन् । सरकारले विभिन्न अवस्थामा परेर घरवारविहिन भएकालाई उचित राहात दिएको छैन । उनीहरुलाई रोजीरोटीको ग्यारेन्टी छैन । जनताले खानलाई सिस्नो सम्म नपाउने अवस्था छ । यसरी मुल्याङ्कन गर्दा देश सरकारसँगै असफल भएको स्पष्ट हुन्छ ।
विदेशबाट आएको सहयोग पनि विभिन्न बाहानामा दुरुपयोग गरी नेताहरुले महल ठडाइरहेका छन् । आफन्त, पोसिरहेका छन् । जनता झनै पीडामा छन् , दुःख भोगिरहेका छन् । उनीहरुले जनतालाई भने आश्वासन बाहेक केही दिएका छैनन् । हामी राम्रो गह«ौँ भनेर जनतालाई उनीहरुले भ्रम छसररहेका छन् । देउवा सरकारको यो करिब ६ महिने कार्यकालमा कुनै राम्रो हेरेका छन् , न बिरामी हेरेका छन् । विदेशमा भएका नेपाली कयौं ठाउँमा अलपत्र परिरहेका छन् । कलकारखाना विभिन्न वाहानामा बेचिसके, बेचिरहेका छन् । यो अवस्थामा देउवाको खोइ त ध्यान पुगेको ! भत्केका मठमन्दिर बनाउन सरकारी ध्यानाकर्षण भएको छैन । नेपालको प्रधानमन्त्री भएर नेपालकै माया गर्दैनन्, धर्म संस्कृतिको माया गर्दैनन् मठमन्दिर यो पुनरनिर्माणमा ध्यान दिँदैनन् भने देउवा माथि औला ठहराउनुलाई अस्वभाविक मान्न सकिन्न । यसरी हेर्दा देउवा सरकार मुलुकको जल्दाबल्दा विषयमा गम्भीर नभएको देखिन्छ ।
देशभर फैलिरहेको कोरोना संक्रमणलाई कसरी हेर्नु भएको छ ?
यसै मेसोमा देशैँभर कोरोना फैलिरहेको देखिन्छ तर खोप ल्याउदा समेत घोटाला भएको सार्वजनिक भइसकेको छ । कोरोना नियन्त्रण गर्न जनमानस समेत सजग हुनुु पर्ने अवस्था छ । कोरोना नेपालमा मात्र होइन, विश्वभर फैलिरहेको छ, त्यसैले आफुले कसरी हुन्छ कोरोनालाई नियन्त्रण गर्नु पर्ने अवस्था छ ।
कमल थापाले त राप्रपा छोड्नु भयो नि ?
यसै बिच राप्रपाका पूर्व अध्यक्ष कमल थापाले राप्रपा छोड्दा हामी अत्यन्त दुःखित भएका छौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकै अध्यक्ष उहाँ हुँदा, उहाँले गरेको त्याग, तपस्या र कार्यहरुले गर्दा राप्रपा नेपालको पक्षमा जनलहर आएको हो । एक गाई. एक दाई भनेर जनताले राप्रपा नेपाललाई सम्मानजनक स्थितिमा पु¥याउनु भयो । र, राप्रपा र राप्रपा नेपाल एकिकरण भएपछि पनि उहाँले पार्टीलाई माथि उठाउन, सशक्त भूमिका खेल्नु भएकै हो । उहाँले महाधिवेशनमा आफ्नो हारको प्रमुख कारण निर्मल निकासको सचिवतालयबाट हो भन्ने बताइ रहनु भएको छ । यो कुराको पार्टीमा छलफल होस् भनेर अध्यक्ष राजेन्द्र अध्यक्ष लिङदेनलाई दुुई पटक पत्र पठाउँदा कुनै सुनुवाई भएन भनेर उहाँले दुख मान्दै पाटी परित्याग गर्ने बाध्यता आयो भन्नुु भएको छ । निवर्तमान अध्यक्ष कमल थापासँग छलफल गर्न तयार छु भन्दा भन्दै उहाँले पार्टी छोड्नु भयो भनेर बताइरहनु छ, यो अवस्थामा कमल थापाले पार्टी छोड्दा हामी अत्यन्त दुःखित छौ । दशकौ देखि उहाँले पार्टीमा पु¥याउनु भएको योगदानको स्मरण गर्नु पर्छ । उहाँ राप्रपामै रहेको भए हामी सबैलाई राम्रो हुने थियो । हालै सम्पन्न राप्रपाको महाधिवेशनले जनतालाई के सन्देश दिएको छ । केही अघि भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक महाधिवेसनले राजासहितको प्रजातन्त्र र हिन्दु राज्य चाहिन्छ भनेर प्रमुख एजेण्डाको रुपमा त्यसलाई पारित गरेको छ । अब महाधिवेशनले दिएको सन्देश लिएर हामी गाउँ गाउँ, टोल–टोल जाने बेला आएको छ । हामी संगठित भएर चुनावमा भाग लिनु पर्छ । जनता हामीप्रति आक्रसित छन् , जनताको अनिमतलाई खेर फाल्न दिनु हुँदैन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने अनुसार गर्न सक्नु होला ?
महाधिवेशनपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी संगठन बनाउन लागिरहनु भएको देखिन्छ । यसमा हामीले पनि साथ र सहयोथ दिइरहेका छौँ । हाम्रो प्रमुख एजेण्डा हिन्दु राज्य र राजसंस्था हो, यसमा हामीहरु दृढ भएर लागिरहेका छौ ।
अमेरिका एमसिसीको आवरणमा नेपाललार्ई उसको सुरक्षा छाताभित्र राख्न चाहन्छ भन्ने कुरा उसले यतिबेला एमसिसी पारित गर्न प्रधानमन्त्रीदेखि प्रमुख नेताहरुलाई दिएको दबाबले प्रमाणित गर्छ । देउवा, प्रचण्ड, ओली, माधव, बाबुराम यि सबै मिलेर एमसिसीलाई गुपचुप पारित गर्न चाहन्छन् भन्ने देखिन्छ । जनतामा नगई एमसिसी पारित भए पनि हामी मान्नेवाला छैनौँ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे तपाईको धारणा राखिदिनुस् न ?
यतिबेला मुलुकभर एमसिसीको चर्चा परिचर्चा छ । एमसिसी भनेको के हो, हामी त्यसको व्याख्या गर्न सकिरहेको छैनौँ, विशेषज्ञ र जानकारहरुले भनेको कुरा सुन्दा एमसिसी नेपालमा विल्कुल ल्याउनुहुन्न । एमसिसी नेपालको हितमा छैन । एमसिसी ल्याएपछि अमेरिकाले हाम्रो राष्ट्रलाई दबाब मुलुक रुपमा राख्छ् भन्ने सुनिन्छ । अमेरिका एमसिसीको आवरणमा नेपाललार्ई उसको सुरक्षा छाताभित्र राख्न चाहन्छ भन्ने कुरा उसले यतिबेला एमसिसी पारित गर्न प्रधानमन्त्रीदेखि प्रमुख नेताहरुलाई दिएको दबाबले प्रमाणित गर्छ । देउवा, प्रचण्ड, ओली, माधव, बाबुराम यि सबै मिलेर एमसिसीलाई गुपचुप पारित गर्न चाहन्छन् भन्ने देखिन्छ । जनतामा नगई एमसिसी पारित भए पनि हामी मान्नेवाला छैनौँ । एमसिसी हुनुपर्छ भनेर गुपचुप लागेका अरु नेताहरुदेखि पनि हामी सजग हुने बेला आएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा कसरी प्रस्तुत हुन्छ ?
यसै मेसोमा राप्रपा स्थानीय तहको निर्वाचनमा देशैँभर भाग लिने तयारीमा छ । निर्वाचनको तयारी र परिचालनको लागि हाम्रो पार्टीले समिति समेत गठन गरिसकेको छ । हामी हिन्दु राज्य र राजसंस्थालाई प्रमुख एजेण्डाको रुपमा जनतामाझ राख्छौँ । मलाई लाग्छ स्थानीय तहको निर्वाचनमा राप्रपाको अत्यन्त राम्रो स्थिति हुनेछ । यो भन्नुको प्रमुख कारण देउवा, ओली, प्रचण्ड, बाबुराम, माधव नेपाल प्रधानमन्त्री भए तर उनीहरु सबैले जनताको लागि राम्रो काम नगरेकाले अब राप्रपालाई हेर्नु पर्छ भनिरहेका छन् । देश बचाउन राप्रपालाई भोट दिएर ठूलो पार्टी बनाउन पर्छ भनेर जनआवाज आइरहेको हो, यो स्वभाविक छ ।
प्रतिकृया दिनुहोस्