तालिमयुक्त र सीपमुलक शिक्षाबाट मात्र मुलुकको विकास सम्भव छ

तालिमयुक्त र सीपमुलक शिक्षाबाट मात्र मुलुकको विकास सम्भव छ

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सानोठिमी मा ३० वर्षे यात्रा पार गरेका व्यक्ति हुन् जीवनारायण काफ्ले । उनी अहिले यस परिषद्को सदस्य सचिव भएका छन् । काफ्ले सदस्य सचिव भएपछि (सीटीईभीटी)मा थुप्रै राम्रा काम गरेको बताउँछन् । गुणस्तरीय, सीपमुलक र दक्ष जनउत्पादनमा उनले ल्याएका अवधारणाहरु धेरै उत्कृष्ट देखिन्छन् । जसले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । सीपमुलक तालिमलाई सर्वसुलभ शुल्कमा सबैको पहुँचमा पु¥याउने काफ्लेको योजना सबैभन्दा महत्वपूर्ण मानिन्छ । यिनै समसामयिक विषयमा केन्द्रित रहेर सदस्यसचिव काफ्लेसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपार्ईं सदस्य सचिव भएपछि गरेका मुख्य र राम्रा कामहरु के के हुन् ?
म सदस्य सचिव भइसकेपछि गरेको पहिलो राम्रो काम भनेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा सबै नेपाली नागरिकको पहुँच पुगोस् भन्ने उद्देश्यले शुल्क समायोजन गर्ने काम गरेँ । त्यसमा सबै आंगिक शिक्षालय, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम, प्रतिष्ठानहरुलगायतका साझेदारी संस्थाहरुमा लाग्ने गरेका शुल्कहरु घटाउने काम गरियो । कतिपय ठाउँमा कम्तिमा ५० प्रतिशतसम्म शुल्क घटाएर दूरदराजमा रहेका नेपालीहरुलाई पहुँचमा ल्याउने काम गरेँ । जसको कारण आमनेपाली जनताहरुलाई पहुँचभित्र ल्याएर सबैले सामान्य रुपमा पढ्न÷लेख्न पाउने वातावरण सिर्जना गराएँ । जो गाउँको सामान्य परिवारबाट आएको हुनुहुन्छ, पढ्न चाहनुहुन्छ ।

उहाँहरुलाई पढ्ने, सिक्ने इच्छा छ । त्यस्ता व्यक्तिहरुलाई सामान्य शुल्कमा पढ्ने÷सिक्ने वातावरण बनाउनु एकदमै महत्वपूर्ण र युगान्तकारी काम त्यो भयो । दोस्रो हाम्रा प्राविधिक शिक्षा र व्यवसायिक तालिममा गुणस्तरीय सीप विकासको लागि अब टिचर लाइन्सेन्स कार्यान्वयन गरेर जानुपर्छ भन्ने लाग्यो । त्यसको लागि कार्यविधिक बनाएर अगाडि बढाउने काम भएको छ । त्यो कार्यविधि कार्यान्वयनको प्रक्रियामा पुगेर बसेको छ । त्यसको ड्राफ्ट पनि तयार भइसकेको छ । अब छलफल गरेर अगाडि बढाउन लागिपरेका छौं । तेस्रो काम पोलिटेक्निकहरुमा हाम्रो पुँजीगत खर्च उदमै कम हुने गरेको थियो । हाम्रो पोलिटेक्निकहरुमा छुट्ट्याइएको बजेट समयमै जानुपर्छ भने साउन, भदौदेखि नै मैले जिम्मेवार साथीहरुलाई घचघच्याउने काम गरेँ ।

त्यसलाई छिटोछरितो गराउने भनेर टेण्डर लगाउनुपर्छ भन्ने अवधारणा ल्याइयो । अहिले पोलिटेक्निहरुको पुँजीगत खर्चमा टेन्डर लगाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । जसको कारण प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम अन्तर्गतको पुँजीगत खर्च यो वर्ष अधिकतम हुने छ । अर्को सामुदायिक विद्यालयहरुलाई चाहेर नचाहेर धेरै विदाहरु स्वीकृति दिएको अवस्था छ । ती सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा आवश्यक छ । त्यसलाई व्यवस्थित बनाउनुपर्छ भनेर कार्यदल बनाएका छौं । अब सामुदायिक विद्यालयमा व्यवस्थापन समिति र शिक्षकहरुले तोकिएको मापदण्ड अनुसार विद्यार्थीहरुलाई थेग्न सक्नुभयो भने अनुदान दिने नत्र त्यो सुविधा कट्टा गर्ने भनेर एउटा प्र्रतिवेदन तयार भएको छ ।

त्यसलाई छिट्टै कार्यान्वयन गर्ने चरणमापुगेका छौं । त्यसैगरी परीक्षा प्रणालीलाई पनि आइटीमय बनाएर जाने योजना बनाइएको छ । रिजल्टहरु प्रकाशन गर्दा अनलाइन सिस्टमबाट जानकारी गराउने भनेर थालनी गरेका छौं । अर्को हाम्रो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम अन्तर्गत प्राविधिक प्रशिक्षण केन्द्र छ । त्यसलाई स्थानीय र प्रदेशस्तरमा लिएर जानुपर्छ । र, त्यसलाई स्थानीयस्तरबाटै काम गर्नुपर्छ भनेर हामीले सातै प्रदेशमा टिचर डेभलपको प्रक्रियामा छौं ।

प्रदेशस्तरीय टिचर डेभलपमेन्ट कसरी गर्ने, त्यसको मापदण्ड के हो ?
प्रदेशस्तरीय टिचर डेभलपमेन्ट भन्नाले सरकारसँग संघीयताको मर्म र भावना अनुसार टिचरलाई तालिमलगायत सीपमुलक बनाउने । त्यसको लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने हो । त्यसमा समन्वय गोष्ठीहरु गर्ने र उहाँहरुलाई यसको महत्वबारे बुझाउने भनेर लागिपरेका छौं । त्यसको लागि क्यापासिटी बिल्डप गर्दै जानुपर्छ भनेर प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न लागेका छांै । अर्को कर्मचारी स्थायी गर्नेक्रममा अदालतमा विभिन्न प्रकारका मुद्दाहरु थिए । त्यसलाई कर्मचारी युनियनहरुसँग वार्ता गरेर ती मुद्दाहरु फिर्ता गर्ने काम गरियो । अर्को महत्वपूर्ण काम भनेको थप २५ वटा स्किल टेस्टिङ सेन्टरहरु बनाउने । त्यसबाट स्किल परीक्षणको व्यवस्थापन गर्ने भनेर सातै प्रदेशमा थालनी गरेका छौं ।

प्रदेश दुईअन्तर्गत बर्दिवासस्थित निर्मल लामा पोलिटेक्निकको लागि १.६ मिलियन डलरको परियोजना कोइकासँग एमओयु गरेका छौं । त्यसैगरी एडीबीसँग सहकार्य गरेर परियोजना अगाडि बढाउने भनेर ७० मिलियन डलर पाइप लाइनको प्रोजेक्ट डिजाइनको फेजमा छ । त्यो परियोजना आयो भने हाम्रो सामुदायिक र आगिंक, टिचर टे«ेडिङका विषय र विद्यालय मर्मत सम्हारमा महत्वपूर्ण योगदान गर्ने छ । हामीले थालनी गरेको यी कामहरु परिपूर्ति भएभने भावी दिनमा हाम्रा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमहरु अझ गुणस्तरीय हुनेछन् । त्यो हिसाबले मैल कामको थालनी गरी समन्वय गरेर अगाडि बढाएको छु । त्यसैगरी थाती रहेका स्वीकृतिसम्बन्धी कामहरु के थियो भने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको ऐन २०७५ ले सिटीईभिटीबाट सम्बन्धन प्राप्त संस्थाहरुमा कार्यक्रमहरु चलिरहेको थियो । त्यसलाई बन्द गर्ने र कार्यक्रमहरुलाई अपग्रड गर्ने भनेर चिकित्सा शिक्षा आयोगको ऐन अपग्रेडिङ गर्ने कार्यक्रम छिटो गर्नुपर्छ भन्ने छ ।

त्यसलाई चिकित्सा शिक्षा आयोगसँग समन्वय गरेर आपदण्डको आधारमा काम अगाडि बढिरहेको छ । आगामी फागुन ९ गतेसम्म सम्पन्न गर्नेगरी आयोगले तोकेको कार्यविधि अनुसार काम भइरहेको छ । हाम्रा महत्वपूर्ण कुराहरु यिनै हुन् । पोलिसीदेखि अन्य कामहरु भइरहेका छन् । त्यसबाट मुलुकमा कसरी सुशासन दिलाउन सकिन्छ भनेर व्यवसायिक शिक्षा तालिम, अनुगमनमा सक्रियतापूर्वक कामहरु भइरहेका छन् ।

यहाँले धेरै सकारात्मक काम गरेको बताउनुभयो, सुशासनका कुरा उठाउनुभयो, त्यसको लागि के के आवश्यक छन् ?
सुशासनका लागि हामीले राम्रा मान्छेलालाई त्यहीं ढंगले ठाउँदिनुपर्छ । उचित ठाउँमा उचित मान्छेको प्रयोग गर्नुपर्छ । त्यसको नियम र विधिभित्र रहेर काम गर्नुपर्छ । कामलाई चुस्तदुरुस्त हुनुपर्छ । जनताको ठीक समयमा सम्पन्न हुनुपर्छ । यस संस्थामा मैले विगत ३१ वर्षदेखि काम गरेको हुँदा जहिले पनि यी कुरामा प्रतिवद्ध छु । त्यस लागि हामी सम्बन्धन सम्बन्धी कार्यविधि स्वीकृति गरेका छौं । विगतमा त्यस्ता कार्यविधिहरु थिएनन् । अहिले कार्यविधि अनुसार काम गर्ने गरेका छौं । कार्यविधिले मापदण्डको फलोअप गर्ने, विधि अनुसार काम गर्ने त्यसलाई मिटिङमा ल्याएर छलफल गर्ने । विभिन्न विज्ञको राय सल्लाह र परामर्श अनुसार काम गर्ने । त्यसपछि अन्तिममा गएर सम्बन्धन स्वीकृति गर्ने भन्ने कुरा कार्यविधिमा व्यवस्था छ ।

 

जनताको ठीक समयमा सम्पन्न हुनुपर्छ । यस संस्थामा मैले विगत ३१ वर्षदेखि काम गरेको हुँदा जहिले पनि यी कुरामा प्रतिवद्ध छु । त्यस लागि हामी सम्बन्धन सम्बन्धी कार्यविधि स्वीकृति गरेका छौं । विगतमा त्यस्ता कार्यविधिहरु थिएनन् । अहिले कार्यविधि अनुसार काम गर्ने गरेका छौं । कार्यविधिले मापदण्डको फलोअप गर्ने, विधि अनुसार काम गर्ने त्यसलाई मिटिङमा ल्याएर छलफल गर्ने । विभिन्न विज्ञको राय सल्लाह र परामर्श अनुसार काम गर्ने । त्यसपछि अन्तिममा गएर सम्बन्धन स्वीकृति गर्ने भन्ने कुरा कार्यविधिमा व्यवस्था छ ।

जहिलेपायो तहिले सम्बन्धमा लिने पाउने व्यवस्था छैन । त्यसलाई व्यवस्थित बनाउने काम हामीले ग¥यौं । अर्को पाठ्यक्रम विकासको लागि लामो अवधिको पाठ्यक्रम विकास भएनन् । र त्यसलाई छोटो अवधिमा ल्याउने भनेर विनियमावली अन्तिम चरणमा पुगेको छ । त्यसैगरी सीप परीक्षण क्षमता कार्यविधि नियमावली बनाएर हामी अन्तिम चरणमा छौं । त्यो नियमावलीले पनि हामीलाई धेरै राम्रो गाइडलाइनहरु दिने छ । त्यसले नीतिगत हिसाबले बाध्ने छ र सुशासनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । अर्को शिक्षालय सञ्चालन संघलाई थप व्यवस्थित बनाउने भनेर लागिपरेका छौं । त्यसबाट पोलिटेक्निक तालिम केन्द्रहरुलाई एउटा विधिभित्र बाध्ने भनेर २०४९ नियमावली थियो । त्यसलाई परिमार्जन गरेर समसामयिक बनाएका छौं । त्यो पनि छिट्टै स्वीकृतिको चरणमा छ । अबको परिषद् बैठकबाट स्वीकृति गरेर लागु गर्नेपर्छ भनेर म लागिरहेको छु ।

अहिले आंगिक शिक्षालयहरुमा बजेटको अवस्था कस्तो छ ?
आंिगक शिक्षालयहरुमा बजेट कार्यान्वयनमा नआएसम्म हामीले यो थप्ने, ऊ थप्ने भन्न मिल्दैन । विगतमा नेपाल सरकारले गरेका निर्णयहरुमा रहेर हामीले योजना, कार्यक्रम र बजेटमा राख्ने कुराहरु हुनसक्छन् । हामीले नयाँ थप्ने भन्दा पनि पुरानालाई व्यवस्थित गरेर जानुपर्छ भन्ने हाम्रो योजना रहेको छ ।

व्यवसायिक तालिम परिषद्ले देशमा आवश्यक जनशक्ति उत्पादन गर्न सकेन, जसको कारण युवाहरु विदेसिन वाध्य भएका हुन् भन्ने गुनासो पनि छ नि यसलाई कसरी लिनुभएको छ ?
गुनासोको दृष्टिकोणले हेर्दा हामी एकदमै ठिकठाक र पर्फेट रुपमा छौं भन्ने अवस्था चाहिं छैन । काम गर्दै जाँदा केही कमीकमजोरीहरु हुन सक्छ÷भएका होलान् । जहाँ छोटो अवधिको तालिममा यहाँहरुले यो वर्षकै हेर्ने हो भने पनि धेरै व्यक्तिहरुमा हामीले तालिम सम्पन्न गर्नुपर्ने छ । अहिले वैदेशिक रोजगारीमा जाने हाम्रो ठूलो जशक्ति छ । उनीहरुसँग व्यवसायिक सीप छैन । त्यसकारण उनीहरुलाई व्यवसायिक सीप सिकाएर पठाउँदा रेमिट्यान्स बृद्धि हुन्छ । त्यसले अर्थतन्त्रमा वृत्तिविकास हुन्छ भन्नेमा हाम्रो विमति छैन । त्यसकारण छोटो अवधिको तालिमको व्यवस्था गर्न लागेका हौं । त्यसको लागि हाम्रा आंगिक संस्थाहरुभित्रै क्वालिटीयुक्त तालिम सञ्चालन गर्ने र अन्य प्राइभेटहरुलाई हाम्रो मापदण्डमा रहेर तालिम सञ्चालन गर्ने भनेर लागिपरेका छौं । त्यसको तालिमपछि क्वालिटीको स्किल टेस्टिङ सेन्टरको व्यवस्था गर्न लागेका हौं ।

अब आगामी वर्षदेखि हामीले स्किल टेस्टिङ सेन्टरमार्पmत सीप परीक्षण गर्ने भनेका छौं । जहाँसम्म यहाँले भनेजस्तो गुनासाको सन्दर्भमा भन्नुपर्दा वैदेशिक रोजगार वोर्ड, युवापरिषद् लगायत संस्थाहरु पनि समन्वय गरेर कामहरु गर्नुपर्ने छ । इभेन्ट परियोजनाको काम पनि गर्नुपर्ने छ । हामीसँग धैरै पूर्वाधारहरु छन्, एक्सप्रोपडिज पनि छन् । उहाँहरुले गरिदिनुप¥यो भन्नुहुन्छ । त्यसपछि हामीले तालिम सञ्चालन गरेर स्किल टेष्टसम्मको काम पनि हामीले गर्ने गरेका छौं । त्यसकारण यसलाई अलिबढी व्यवस्थिति, क्वालिटीयुक्त बनाउनुपर्ने विषयमा हामीले निकै नै चासो÷चिन्ता लिएका छौं ।

पछिल्लो समय तपाईंप्रति उठेका विषयमा अलिकति प्रस्ट पारिदिनुस् न ?
मप्रति लक्षित गरी उठेका विषयमा भन्नुपर्दा मैले राज्यको तलब खाएर बसेपछि नागरिकको हितमा केही काम गर्नुपर्छ । जनतालाई डेलीभरी दिनुपर्छ, बिना योजना त्यसै बसेर हुँदै डेलिभरी दिएर जानुपर्छ । त्यसको लागि जनताको सेवा गर्नुपर्छ भन्ने सन्दर्भमा मैले बारम्बार हाम्रो टिमिङ, बैंठक, मातहतका कर्मचारीबीच मनिटरिङ, अनुगमन र कामलाई छिटोछरितो गर्नुपर्छ भन्ने विषयलाई उठाउँदै आएँ । यी विषयहरु उठाइँरहँदा काम छिटो सम्पन्न गर्नुपर्छ भन्दा कतिपय मान्छेहरुलाई मन नपर्न सक्छ । प्रशासनकै सवालमा पनि कतिपय मान्छेहरुलाई मन नपर्न सक्छ । त्यही विषयलाई लिएर केही मान्छेहरुले मिडियासम्म पु¥याएर झुठा अनर्गल फैलाउने काम गरे । उहाँहरुले मिडियासँग हारगुहार गरेर झुठा समाचार लेखाएको अवस्था हो । त्यसलाई लिएर ती समाचारहरु लेख्ने मिडिया र सञ्चारकर्मीलाई म दोष दिन चाहन्न । आन्तरिक स्रोतबाटै ती गलत समाचारहरु बाहिर गएका हुन् । व्यक्तिगत जीवनमा आँच आउने गरी हजार गुणा गलत समाचार एकतर्फी रुपमा सम्प्रेषण गरिदिनुभयो । त्यसप्रति एकदमै दुःख व्यक्त गर्दछु ।

कसैको तरित्रमाथि दाग लाग्ने गरी उसले विगतमा गरेका योगदानलाई नजरान्दाज गरेर बिना कुनै आधार, प्रमाण समाचार सम्प्रेषण भइदियो भने उसको पारिवारि, सामाजिक, मानसिक रुपमा प्रश्नचिन्ह खडा हुन्छ । त्यसले मान्छेको बुझाइ र हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । त्यसमा मेरो सञ्चारकर्मीप्रति कुनै आग्रपूर्वाग्रह छैन । उहाँहरुले समाचार सम्प्रेषण गर्दा दुवैतिर राम्रोसँग बुझेर मात्रै सम्प्रेषण गरिदिनुहोस् भन्न चाहन्छु । र, कुनै पनि व्यक्ति, संस्था र विषयमा समाचार लेख्दा तथ्य, प्रमाण खोजी गरी खोज पत्रकारिता गरिदिनुहोस् । जसको कारण सर्वसाधारणमा सही सूचना प्रवाह होस् । यसअन्तर्गत धेरै तालिम केन्द्रहरु छन् । गरीब तथा जेहन्दार विद्यार्थीहरुको विभिन्न विधा र विषयमा छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

हामीले दिने गरेका तालिमको क्वालिटीको बारेमा यहाँनेर यो भयो भनेर सुसूचित गरिदिनुहोस् भन्ने मेरो आग्रह छ । पूर्वाग्रही ढंगले कसैमाथि लक्षित गरेर चरित्र हत्या गर्ने काम नगरिदिनुहोस् भनेर मैले बारम्बार भन्ने गरेको छु । आगामी दिनमा सूचनामुलक र सकारात्मक समाचारको पनि आशा गर्दछु । केही–केही सञ्चारमाध्यमले एकदमै तल ओर्लिएर तथ्यहीन कुराहरु सम्प्रेषण गरिदिनुभयो । त्यसप्रति म एकदमै खेद व्यक्ति गर्दछु ।

 

अहिले छोटो अवधिका तालिमहरु देशैभर चलिरहेका छन् । अभैm थप व्यवस्थित र परिमार्जित ढंगले चलाउने÷चल्ने छन् । त्यसकारण सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्दा सर्वसाधरणलाई यहाँनेर यो तालिमको व्यवस्था छ । त्यो सीप सिकेकालाई यहाँनेर यो काम पाइन्छ भनेर सूचनामुलक र सकारात्मक समाचार पनि सम्प्रेषण गरिदिनुहोस् । हामीले दिने गरेका तालिमको क्वालिटीको बारेमा यहाँनेर यो भयो भनेर सुसूचित गरिदिनुहोस् भन्ने मेरो आग्रह छ । पूर्वाग्रही ढंगले कसैमाथि लक्षित गरेर चरित्र हत्या गर्ने काम नगरिदिनुहोस् भनेर मैले बारम्बार भन्ने गरेको छु । आगामी दिनमा सूचनामुलक र सकारात्मक समाचारको पनि आशा गर्दछु । केही–केही सञ्चारमाध्यमले एकदमै तल ओर्लिएर तथ्यहीन कुराहरु सम्प्रेषण गरिदिनुभयो । त्यसप्रति म एकदमै खेद व्यक्ति गर्दछु ।

अन्त्यमा हामीले भन्न छुटाएका यो चाहीं भन्न पाए विद्यार्थी र पाठकहरु सुसुचित हुनेथिए भन्ने केही छन् ?
हामीले यहाँबाट आउटपुट निकाल्ने भनेको तालिमहरु नै हुन् । त्यसको स्रोत भनेको विद्यार्थीहरु नै हुन् । यहाँबाट भोलि जुन किसिमको शिक्षा र सीप सिक्नुहुन्छ त्यसको आधारमा उहाँहरुले स्वदेशी वा वैदेशिक रोजगारी प्राप्त गर्नुप¥यो भन्ने नै हाम्रो मूल ध्येय हो । यहाँ सिकिसकेपछि वैदेशिक रोजगारी जानुहुन्छ भने पनि उहाँहरु एकदम भ्यायबल भएर सीपयुृक्त जनशक्तिको रुपमा जानुप¥यो । देशमै रहेपनि उहाँहरुको सीप कुनै पनि व्यसायीमा प्रयोग हुनुप¥यो । बेरोजगार भएर बस्नुभएन ।

त्यहाँ तालिम गरिसकेपछि हाम्रो लगानी र प्रयास खेर जानुभएन भन्ने उद्देश्य हो । जो–जो अहिले तालिम गर्दै हुनुहुन्छ उहाँहरु पनि विदेश जाँदा पनि सीपअनुसारको काम जानुहोस् । नेपालमै काम गर्दा पनि तपाईंको जेमा क्षमता र सिप छ त्यो अनुसारको काममा जानुहोस् । त्यसले तपाईंहरुको जीवनमा सुधार हुनुपर्छ । परिवारको जीवनस्तर उक्सिनुपर्छ भन्ने मेरो अवधारण रहेको छ । नत्र तालिम मात्रै गरेर केही हुँदैन । लगानी बालुवामा पानी हालेसरह हुन्छ ।
विकसित मुलुकलाई हेर्ने हो भने अहिलेसम्म तालिमयुक्त र सीपमुलक शिक्षाबाटै विकास भएको पाइन्छ । यसप्रति सुसूचित हुनेगरी मिडियाकर्मीहरुले समाचार सम्प्रेषण गरिदिनुभयो भने अझ सुनमा सुगन्ध हुन्छ । त्यसले सर्वसाधारण नागरिक जो सीपयुक्त भएर पनि सही दिशा लिननसकेर अलमलिनुभएको उहाँहरुप्रति न्याय हुन्छ भन्ने लाग्छ ।

लोकप्रिय