देशको रक्षा गर्ने सपथ खाएका छौं : जनरल बस्नेत

देशको रक्षा गर्ने सपथ खाएका छौं : जनरल बस्नेत

 

काठमाडौंं । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी डा प्रेमसिंह बस्नेतले देशको रक्षागर्ने कसम खाएकोले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट कुनै पनि हालतमा पास गर्न नदिने बताउनु भएको छ । गतबुधबार पूर्व सुरक्षाकर्मी परिषद नेपालले एमसीसीका विरुद्ध राजधानीमाआयोजना गरेको ¥याली पछिको कोणसभालाई सम्बोधन गर्दै बस्नेताले उक्त कुरा बताउनु भएको हो ।
देश चलाउने नेताहरु, अत्याचार नगर्नुहोस, नेपालीजनताले झुण्डाउने छन्,भन्दै सहायकरथी बस्तनेतले सुरक्षाकर्मीको मुख्य प्रण भनेकै देश र जनताको रक्षागर्नु रहेको बताउनु भयो । देशलाई संकट परेकाबखतबन्दुक त केहीहोइन जस्तोसुकै तल्लो स्तरमागएर पनि देश र जनातको रक्षागर्ने उहाँँको भनाई थियो ।
सोही कार्यक्रमलाई सम्बोधनगर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सुरक्षाकर्मीसँग बल तथा हतियारको ज्ञान भएको र कानुन व्यावसायीसँग कलम भएकाले यदी दुबै मिल्ने हो भने जस्तोसुकै भ्रष्टाचारीलाई पनि कारवाही गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

‘सुरक्षाकर्मी साथीहरु, आउनुहोस तपाई हामीमिलेर एक हजार भ्रष्टाचारीहरुलाई जेल हार्लौ’ भन्दै बरिष्ठ अधिबक्ता न्यापानेले भन्नुभयो ‘सिंगापुर बनाउँछु भन्ने नेताहरुले देशलाई सिंगानपुर बनाए, नयाँ नेपाल बनाउने भन्दै झनै पुरानै तिर धेकेलेको हुँदा आउनुहोस् देश बचाउने काममा सहभागी बनौं ।’
अर्का बरिष्ठ अधिवक्ता तथा नेपालका लागि नेपाली नाममा संस्थाका संस्थापक डा सुरेन्द्र भण्डारीले विदेशीका सामु नेपालका नेताहरुले घुँडा टेकेको हुँदा अव देश जोगाउने जिम्मेवारी पूर्व सुरक्षाकर्मीको काँधमा आएको धारणा व्यक्तगर्नु भयो ।
कार्यक्रममा पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय अध्यक्ष कोमल बहादुर राउत, केन्द्रीय सदस्यहरु काशीराम अधिकारी, विक्रम पाण्डे लगायतका बक्ताहरुले एमसीसीको लालिपप देखाएर अमेरिकाले नेपाल र नेपालीमाथि दमन गर्न खोजेको आरोप लगाएका थिए । एमसीसीमार्फत आउने सहयोग चाहिदैन भन्दाभन्दै पनि अमेरिकी विदेश मन्त्रीले शीर्ष नेताहरुलाई धम्काउने कार्यले पनि यसमा केही गलत भएको अनुमानलगाउन सकिने उनीहरुको धारणा थियो ।
माइतीघर मण्डलाबाट सुरु भएको ¥याली व्याण्ड, शंंखघोस सहित महानगरका विभिन्न क्षेत्र हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेपाली सेना, नेपालप्रहरी, सशस्त्रप्रहरी बल, राष्ट्रिय अनुसन्धान, व्रिटिस आर्मी, भारतीय सेनातथा सिंगापुर पुलिसबाट अवकास प्राप्तहरुको सहभागिता रहेको थियो । एमसीसीतत्काल नरोकिएविभिन्न जिल्लाहरुबाट पनिआन्दोलनजारी राख्ने परिषदले जनाएको छ ।

लोकप्रिय