देश बनाउने हो भने पहिले राजनीतिलाई लिकमा ल्याउनुपर्छ (कुराकानी)

देश बनाउने हो भने पहिले राजनीतिलाई लिकमा ल्याउनुपर्छ (कुराकानी)

बालाराम घर्तिमगर

नेता, राष्ट्रिय प्रजातन्त्र पार्टी

मुलुकको राजनीतिक अवस्थालाई यहाँले कसरी लिनुभएको छ ?
मुलुकको राष्ट्रिय राजनीति लिकमा छैन । सत्तापक्ष प्रतिपक्षमा फाटो हुनु त स्वभाविक हो तर आफ्नो स्वार्थका कारण मुलुकलाई बन्दक बनाउन राजनीति गर्न पाइदैन । विभिन्न वहानामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न दिएको छैन । प्रधान न्यायाधीश माथि महाअभियोग संसदमा दर्ता छ । सबै भन्दा ठूलो मुलनीति राजनीति हे । राजनीतिमा कृषि, गृह समाज, अर्थतन्त्रलगायत सबै पर्छन् । यसले सबैलाई परिचालन गर्छ । राजनीतिमा लाग्नेले सम्यम भएर यसको परिचालन गर्नुपर्छ, चलाउनु पर्छ । यदि राजनीति चलाउने व्यक्ति सहि भएन भने देशमा विकृति विसंगति पैडा हुन पुग्छ । त्यसैल देश बनाउने हो भने पहिला राजनीतिलाई लिकमा चलाउनु पर्छ ।

राजनीति गर्नेले देश, हेर्नुपर्छ, समाज हेर्नु पर्छ, जनता हेर्नु पर्छ । तर अहिले यो सबै कुरा नभएको अवस्था छ । यस्तो राजनीति गरिनुमा प्रणालीकै दोष हो वा राजनीतिक नेतृत्वको दोष हो, यसलाई गम्भीर भएर विश्लेषण गर्ने बेला आएको छ । राजनीतिमा एउटा सत्तापक्ष अर्काे प्रतिपक्ष हुन्छ । यि दुवैले आ–आफ्नो तौर तरिकाबाट जिम्मेवारी वहन गरेका हुन्छन् । देवताको पालामा पनि दानव र देवता थिए । दानव प्रतिपक्ष र देवता सत्तापक्ष थिए । नराम्रो काममा लागेकाले र देवताको प्रतिपक्ष भनिएकाले दानव भनियो नराम्रो दृष्टिकोणबाट हेरियो ।

सत्तापक्ष र प्रतिपक्ष त देवताको पालादेखि नै चल्दै आएको हो । दानवहरु देवताको घोर विरोधी हुन, उनीहरु पनि देवताहरुलाई हराएर सत्ता कब्जा गर्न चाहन्थे, कतिपय समयमा दानवहरुले देवताहरुलाई हराए पनि । त्यसैले अहिलेको विश्वमा भइरहेको सत्तापक्ष र प्रतिपक्ष स्वभाविक हो । तर अहिलेको जनता चेतनशील छन्, उनीहरुमा चेतना आयो यो आधुनिक युगमा मात्र होइन अनन्त समयसम्म सत्तापक्ष र प्रतिपक्ष रहन्छ । सत्तापक्ष र प्रतिपक्ष भोली सकिने, पर्सि सकिने होइन, यसको श्रृंखला चलिरहन्छ । तर चित्त नबुझ्दा विरोध गर्न पाइन्छ तर मुलुकलाई आफ्नो स्वार्थका लागि बन्दक बनाउन पाइदैन ।

अहिलेको जनता चेतनशील छन्, उनीहरुमा चेतना आयो यो आधुनिक युगमा मात्र होइन अनन्त समयसम्म सत्तापक्ष र प्रतिपक्ष रहन्छ । सत्तापक्ष र प्रतिपक्ष भोली सकिने, पर्सि सकिने होइन, यसको श्रृंखला चलिरहन्छ । तर चित्त नबुझ्दा विरोध गर्न पाइन्छ तर मुलुकलाई आफ्नो स्वार्थका लागि बन्दक बनाउन पाइदैन ।

वर्तमान सरकारको क्रियाकलापलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
सत्तापक्ष र प्रतिपक्ष मिल्नु पर्छ । सरकारी पक्षले विपक्षीका कुरा सुन्नु पर्छ । आफुलाई चित्त नबुझेको कुरा प्रतिपक्षले खुलस्त राख्नु पाउनुपर्छ, तर त्यसो भन्दैमा प्रतिपक्ष सिमाभन्दा बाहिर जान पाइदैन । यसै क्रममा सरकारी क्रियाकलापलाई जनताले मुल्यांकन गर्ने बेला आयो, हामीले सरकारले राम्रो ग¥यो राम्रो गरेन भन्नु भन्दा जनताले नै यस बारेमा बोल्नु पर्छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले त संसदै चल्न दिएको छैन नि ?
यसै मेसोमा सत्तापक्षले राखेको कुरा सहि हो, जनप्रतिनिधिको थलो संसदलाई लामो समयसम्म बन्धक राख्न पाइदैन भनेर सत्ता गठबन्धनले भनेको कुरालाई अन्यथा लिनु हुँदैन । प्रतिपक्षले पनि सत्तापक्षले भनेका कुरा सुन्नु पर्छ, मान्नु पर्छ । विश्व इतिहासमा सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढेको देश पनि छन् । हाम्रो देशमा भने सत्तापक्ष र प्रतिपक्ष किन मिल्न सक्दैनन् । मुलुकका खास – खास कुरामा सत्तापक्ष र प्रतिपक्ष मिलेर सदनमा प्रस्तुत हुनु पर्छ ।

कोरोनालाई यहाँले कसरी लिनु भएको छ ?
कोरोना नेपालमा मात्र होइन, विश्वव्यापी फैलिरहेको छ । यस्ता महामारी पौराणिक काल देखि चल्दै आएको हो । कहिले कुन रोगले त कहिले कुन रोगले मानिसलाई दुःख दिएको थियो, छ । तर लाखौं लाखको ज्यान लिने कोरोना विश्वव्यापी रुपमा कसरी फैलियो, कोरोनाको सुरुवात कसरी भयो, यसलाई चाहि गम्भीर भएर सोच्नु पर्छ । कोरोनाले संसारभर धेरै नोक्सान गरिसक्यो, खोप आयो, तर औषधि छैन । कोरोना विरुद्धको औषधी आउछ कि आउँदैन, यो पनि विचारानिय छ । कोरोनालाई विश्वभर अन्त गर्नुपर्छ । कोरोना अहिले मात्र होकि फेरि पुनरजागृत हुन्छ कि डरलाग्दो पक्ष यहि हो । त्यसैले हामी यसका बारेमा थप सजग हुनु आवश्यक छ । सरकारले कोरोना विरुद्धको खोज जसरी तदारुकताका साथ लगाइरहेको छ, यो भने स्वागतयोग्य छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसीलाई यहाँले कसरी लिनु भएको छ ?
यसैगरी एमसिसीका बारेमा भन्नुपर्दा एमसिसी सहायता हो, मित्र राष्ट्र अमेरिकाले राम्रो मनले यो सहयोग दिन लागेको जस्तो लाग्छ । नेपालका विभिन्न आयोजना निर्माण गर्न दिने लागेको सहयोगलाई अन्यथा किन लिने, एमसिसी हाम्रो देशमा मात्र होइन अन्त पनि छ भने हाम्रै देशमा चाही विरोध हुनु अस्वभाविक ठान्छु ।

कोरोनालाई विश्वभर अन्त गर्नुपर्छ । कोरोना अहिले मात्र होकि फेरि पुनरजागृत हुन्छ कि डरलाग्दो पक्ष यहि हो । त्यसैले हामी यसका बारेमा थप सजग हुनु आवश्यक छ । सरकारले कोरोना विरुद्धको खोज जसरी तदारुकताका साथ लगाइरहेको छ, यो भने स्वागतयोग्य छ ।

कमल थापाले नयाँ पार्टी खोल्नुलाई कसरी लिनु भएको छ ?
यस मेसोमा कमल थापाले अर्काे पार्टी खोलेको सुने, समाचारमा पढे । तर उहाँले यहि मुल पार्टी राप्रपामै रहेको भए हुन्थ्यो, तर व्यक्ति आफ्नो इच्छा अनुसार चल्न स्वतन्त्र हुन्छ, कमल थापा पनि नयाँ पार्टी खोल्न स्वतन्त्र हुनुहुन्छ । तर दशकौं उहाँ राप्रपाको नेतृत्वमा रहनु भयो, उहाँले नयाँ पार्टी नखोलेको भए राम्रो हुन्थ्यो । यदि राप्रपालाई नै विस्तार गर्न सक्रिय भएको भए हुन्थ्यो तर चुनावको मुखमा उहाँले राप्रपा छोड्नु भयो । नयाँ पार्टी घोषणा गर्नु भयो । संविधान अनुसार दल खोल्नु पाइन्छ । कमल थापाले पनि आफ्नो स्वतन्त्रता प्रयोग गर्नु भएको होला । तर कमल थापाले मुल घर छोडेकाले मलाई दुःख लागेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने अनुुसार गर्नु होला ?
यसै मेसोमा भन्नुपर्दा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले महाधिवेशनमा गरेका वाचा पुरा गर्नु हुनेछ भन्ने मलाई लागेको छ । उहाँलाई मेरो पनि शुभकामना छ । राजनीतिमा लाग्दा कहिले हार हुन्छकहिले जित हुन्छ, हारलाई पनि स्वभाविक रुपमा लिनुपर्छ,कहिले गरिन्छ, कहिले जितिन्छ, एक पटक हार्नेले अर्काे पटक जित्छ, राप्रपाको महाधिवेशनको मत परिणामलाई मैले स्वभाविक रुपमा लिएको छु । तर चुनाव निष्पक्ष छ भने हार्नेले बखेडा झिक्न पाइदैन । एक पटक हारियो अर्काे पटक जितिन्छ, यहि हो राजनीति चुनावमा सबैले जित्ने, सबैले हार्ने त होइन नि यो विश्वव्यापी मान्यता हो ।

राजनीतिमा लाग्दा कहिले हार हुन्छकहिले जित हुन्छ, हारलाई पनि स्वभाविक रुपमा लिनुपर्छ,कहिले गरिन्छ, कहिले जितिन्छ, एक पटक हार्नेले अर्काे पटक जित्छ, राप्रपाको महाधिवेशनको मत परिणामलाई मैले स्वभाविक रुपमा लिएको छु । तर चुनाव निष्पक्ष छ भने हार्नेले बखेडा झिक्न पाइदैन ।

देशव्यापी रुपमा भएको महंगीलाई यहाँले कसरी लिनु भएको छ ?
खास रुपमा भन्नुपर्दा नेपालमा दिनानुदिन महँगी बढिरहेको छ । कृषिमा मानिस लगत्तै हाडे, खेती गर्न छाडे भने कसरी हुन्न महँगी । स्वदेशमा उत्पादन भएन, विदेशबाट ल्याउनुपर्छ, अनि कसरी हुन्न महंगी, खेती पेशामा लाग्नु पर्ने होनाहार युवा रोजगारीका लागि विदेशिएका छन्, अब कसले गर्छ खेती, धान दाल लगायत सबैको उत्पादनमा कमी छ । तर सरकारको आँखा छलेर भइरहेको मुल्यवृद्धि रोक्न सरकार गम्भीर हुनु आवश्यक छ ।

अन्तमा तपाईको देशवासीलाई सन्देश दिनुस् न ?
अन्तमा म सम्पूर्ण नेपाली दाजुभई दिदी बैनीमा मेलमिलाप होस् जनता सुखले बाँच्न पाउन, आपसमा सहयोग र मित्रता साटासाट होस् । एकाइसौं शताब्दीमा प्रवेश गरेका हामी फेरी जंगली मानिस जस्तो बस्नु हुँदैन । राज्यको नियम कानुन अनुसार बस्नु पर्छ । संयृुक्त राष्ट्रसंघले समेत विश्वमा नियम कानून पालना गर्न सघाइरहेको छ । त्यसैले हामी आपसमा मिलेर अघि बढौं, हामीमा सबैमा वैरभाव नहोस् ।

 

लोकप्रिय