एमसीसी राष्ट्रघाती छ भनेर भएको प्रचारमा सत्यता छैन : कर्ण थापा
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरेका छन् ।
उनले हालै एक कार्यक्रममा बोल्दै भने,–‘जहाँसम्म एमसीसीको प्रावधानको विषयमा हाम्रो दृष्टिकोण छ, यो सडकमा प्रचार गरेजस्तो, त्यसप्रकारको सम्झौता होईन । यो विकास परियोजना हो । कुनै विदेशीलाई गाली गरेर राष्ट्रवादी भईन्छ भन्ने चिन्तनबाट एमाले मुक्त छ । यो जो अन्तर्राष्ट्रिय सहयोग छ, यो नेपालको हितमा छ ।’
नेता कर्णले यो राष्ट्रघाती छ भनेर भएको प्रचारमा कुनै सत्यता नभएको जिकिर गरे । ‘यसमा हामी स्पष्ट छौं । एमालेले पास गर्ने कि फेल गर्नेबारे केही भन्न जरुरी छैन । सरकारले एमसीसी पेश गरिसकेको छ । सरकाले पेश गरेको प्रस्ताव फेल गर्छु भन्नु अनैतिक कुरा हो । उहाँहरुले सरकार छोेडेपछि एमालेले निर्णय गर्छ’–उनले भने ।
अहिलेको सरकारले सदनमा पेश गरेका कुनैपनि विजनेशहरु सरकारमा सहभागी भएका दलहरु नै बढि जिम्मेवार हुने उनको भनाई छ । उनले एमसीसीलाई लिएर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई लिएर कडा आपत्ति जनाए ।
प्रतिकृया दिनुहोस्