कसुर पुष्टि भए पलमाथि कस्तो कारबाही हुन्छ ? कानुनमा के छ व्यवस्था ?

कसुर पुष्टि भए पलमाथि कस्तो कारबाही हुन्छ ? कानुनमा के छ व्यवस्था ?

काठमाडौ । एक १७ वर्षीय गायिकाले नायक पल शाहले आफूँलाई बलात्कार गरेको जबरजस्ती करणी गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी छिन् ।
यदि सो आरोप पुष्टि भए नायक पल शाहले १० देखि १२ वर्ष कैद सजाय भोग्नुपर्ने भएको छ । मुलुकी अपराधसंहित २०७४ को परिच्छेद–१८ अन्तरगतको ‘करणीसम्बन्धी कसुर’ महलमा सजायबारे व्यवस्था छ ।
करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ३ को (घ) अनुसार शाहमाथि १० देखि १२ वर्ष कैद हुने देखिएको हो । सो उपदफामा ‘१६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने’ भनिएको छ । शाहविरुद्ध उजुरी दिने गायिका हाल १७ वर्ष उमेरकी छिन् । पीडित गायिकाले मेडिकल समेत गराईसकेको समाचार स्रोतको भनाई छ ।

लोकप्रिय