बानेश्वरमा हजारौं प्रहरी परिचालन
काठमाडौ । मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’माथि बिहीबारबाट प्रतिनिधिसभामा छलफल हुँदै छ । संसदमा छलफल हुनुअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु भएको छ । प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले बानेश्वरमा २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ ।
महानगरीय प्रहरी परिसरबाट १२ सय प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट थप १२ सय सुरक्षाकर्मी परिचालन गरिएको एक प्रहरी अधिकारीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनाली फिल्डमा खटिएका छन् । मैनालीसँगै १४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाडौंका एसएसपी सुदिप गिरीले गरेका छन् । आन्दोलनकारीहरु पनि विभिन्न ठाउँमा आउने क्रम जारी रहेको माओवादी केन्द्रसँग सम्वद्ध एक नेताले बताए ।
प्रतिकृया दिनुहोस्