ठुलीभेरी नरपालिकाको नगरप्रमुखमा बोहोराद्वारा उम्मेदवारीको घोषणा

ठुलीभेरी नरपालिकाको नगरप्रमुखमा बोहोराद्वारा उम्मेदवारीको घोषणा

कोग्लेका लेखक तथा सामाजिक अभियान्ता प्रेमबहादुर बोहराले आगामी स्थानीय तहको निर्वाचनमा डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
आफ्नो नगरपालिकालाई सुगम, सुसम्पन्न र सुव्यवस्थित बनाउने सपना देखेका उनले त्यसलाई पुरा गर्ने आफ्नै अभिभारा महसुस गर्दै बोहराले शुक्रवार ४ बजे सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
“ठुलिभेरी नगरपालिका जे बन्न सक्थ्यो त्यो बन्न नेतृत्वबाट हुन पर्ने बिधि, पद्धति र प्रक्रियामा र हुन पर्ने मात्रामा पालिकाका गतिविधि हुन नसक्दा ‘नेतृत्वमा भिजन र योजना सहितको नयाँ पुस्ता’ लाई अघि बढाउनु पर्ने र त्यसको थालनी आफैबाट गरेको” बोहराले भनाई छ ।
‘विकासमा राजनीति होइन, विकासका लागि राजनीति’ हुनुपर्ने उनको तर्क छ ।
सामाजिक क्षेत्रमा दशक लामो कार्यानुभव लिएका बोहरा परिवर्तनको मुल पथ राजनीति रहेछ भन्दै पाँच वर्ष अघि सक्रिय राजनीतिमा प्रवेश गरे । उनी निरन्तर रुपमा नगरपालिकाका कामकारवाहीमा पारदर्शीता र जवाफदेहितामा प्रश्न उठाउँदै आएका छन् । त्यसो गर्दा उनीमाथि सांघातिक आक्रमण समेत भएको थियो ।
शिक्षा, श्वास्थ र रोजगारी लगायत नागरिकका आधारभूत आवश्यकतालाई सम्बोधन गरी नगरबासीलाई सपना देख्न सक्षम बनाउने लक्ष्य बोकेका उनलेजुनसुकै परिस्थितिको सामना गरेर भएपनि आफ्नो सपना पुरा गर्नेतिर हरप्रयास गर्ने दृढता जाहेर गर्दै आएका छन् ।
शिक्षा, दिगो विकास, जलवायु परिवर्तनका क्षेत्रमा काम गरेका उनले निर्वाचनका लागि जनउत्तरदायी प्रशासन, अर्गानिक र जलवायु अनुकूल नगरपालिका बनाउने मुद्धा उठाएका छन् ।

लोकप्रिय