एनसीसी बैंकका ग्राहकले सुमेरु सिटी हस्पिटलमा १०% छुट पाउने

एनसीसी बैंकका ग्राहकले सुमेरु सिटी हस्पिटलमा १०% छुट पाउने

 

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा दिने गरी ललितपुरको सुमेरु सिटी अस्पतालसँग सम्झौता गरेको छ ।
सम्झौतामार्फत बैंकका ग्राहकहरूले सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट बिल भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्सरे, इसीजी, इन्डोस्कोपी÷ कोलोनोस्कोपी, युएसजी÷ इसीजी÷सीटी स्क्यान÷पीएफटीलगायत अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
यसैगरी, एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसेपाटीबीच पनि सम्झौता भएको छ । अप्टिकलले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्दा अप्टिकल्स सामाग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

लोकप्रिय