स्थिति धेरै सुध्रेको छ, यसपाली भक्तपुर कांग्रेसमय बन्नेछ
एमसीसीको सम्झौता पत्रले कुनै बाह्य सेना नेपाल छिर्ने मनगणन्ते कुरा पत्याउन सकिन्न
भक्तपुर कांग्रेस बृत्तमा चिरपरिचित नाम हो भेष बहादुर कार्की । २०३६ सालदेखि नै कांग्रेसको झण्डा बोकेर हिँडेका कार्की पटक पटक प्रजातान्त्रिक आन्दोलनको क्रममा जेल जीवन विताएका र कांग्रेसको तर्फबाट गाउँ विकास समिति अध्यक्ष समेत भईसकेका व्यक्ति हुन् । साथै कार्की हाल क्षेत्र नं. २ भक्तपुरको नेपाली कांग्रेसका निर्वाचित सभापति हुन् । उनै कार्कीसँग नजिकिँदै गरेको स्थानीय निर्वाचन र एमसीसीका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :
भक्तपुरको राजनीति त्यसमा पनि नेपाली कांग्रेसको अवस्था कस्तो छ ?
भक्तपुरमा नेपाली कांग्रेसको अवस्था पहिले भन्दा सुदृढ छ । हाम्रो पहिलो कर्तव्य भक्तपुर जिल्लामा नेपाली कांग्रेसको बर्चस्थ स्थापित गर्नु हो । यसका लागि भनेर मात्र होइन, आउँदो वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा हामीले कांग्रेसमय बनाएर चारवटै नगरपालिकामा कांग्रेसको नेतृत्व स्थापित गर्ने कठिन चुनौतीको सामना गर्न, नेपाली कांग्रेसका सबै निकाय र भातृ संस्थाहरुलाई चलायमान बनाउने वातावरण बनाउँदैछौँ । खासगरी मेरो जिम्मेवारी गत १४ औं अधिवेशनले क्षेत्र नं. २ को दिएकोले संघीय संसदको क्षेत्र नं. २ मा हामी क्रियाशिल छौँ । यस पटकको निर्वाचनमा सूर्य विनायक नगरपालिका र मध्यपुर नगरपालिकामा सहजै नेपाली कांग्रेसको पक्षमा बहुमत आउने पक्कापक्की जस्तै छ ।
अघिल्लो स्थानीय निर्वाचनमा त जिल्लाका चारवटै नगरपालिकामा कांग्रेस हारेको थियो नि ?
हो । केही आन्तरिक र केही बाह्य कारणले अघिल्लो स्थानीय निर्वाचनमा हामी केही तल परेका थियौं । यस पाला हाम्रो पक्षमा माहौल द्रुत गतिमा बनेको छ । नगरपालिकामा हामी मेयर हारे पनि मध्यपुरमा ९ मध्ये ६ वडा र उपमेयर जितेका थियौं । सूर्य विनायक नगरपालिकामा पनि दश मध्ये तीन वडा जितेका थियौं । अब स्थिति धेरै सुध्रेको छ । सूर्य विनायक नगरपालिका र मध्यपुर नपाको मेयरले गरेको भ्रष्टाचार र थिचोमिचो, जनताले तिरेको करको दुरुपयोग र गलत क्रियाकलापबाट यहाँका जनता वाक्क दिक्क भएका छन् । अहिले भक्तपुरबासी नेपाली कांग्रेसको पक्षमा चार तारा र रुखको पक्षमा उभिने बताईरहेका छन् ।
सूर्य विनायक नगरपालिकामा त प्लटिङ्ग पनि व्यापक भएको छ नि ?
हो । सूर्य विनायक नगरपालिकामा व्यापक मात्रामा अनियमित तवरले प्लटिङ्ग भएको छ । सूर्य विनायक वडा नं. ९ नंखेलमा हेर्नुहोस्, खोला, पर्ती र रानीका मुहान मासिएको छ । व्यावसायीलाई फाइदा पुग्ने गरी नगरपालिकाका वडा अध्यक्षले पर्ती जमिन सुम्पेर अरबौंको खेलो गरेका छन् । त्यति मात्र होइन सूर्यविनायक नगरपालिका र सिपाडोलमा पनि पर्ती जग्गालाई अनधिकृत तवरले चलाउने अनि वडा अध्यक्ष र मेयरले गतिलो सँग संरक्षण दिनुले पनि जनता वर्तमान एमालेको विकल्पमा नेपाली कांग्रेसको पक्षमा खुल्न थालेका छन् । हामी जहाँ जहाँ कार्यक्रम लिएर जान्छौँ, कांग्रेस प्रवेशको लहर सुरु भएको छ । सूर्य विनायक नगरपालिकामा १९ सय मतले हामीले मेयर हारेका थियौं ।अहिले एमालेको फुटको कारण प्रत्येक वडामा ४ सय भन्दा बढी भोट समाजवादीले काट्ने एमालेकै विश्लेषण छ । त्यस्तै अहिले प्रत्येक वडामा कांग्रेसका कार्यकर्ता र मतदाता ह्वात्तै बढेका छन् ।
नेपाली कांग्रेस आफ्नै कारणले तल पर्छ भनिन्छ नि ?
यसपाला सुझबुझका साथ अगाडि बढ्छौं । पुराना गल्ती दोहो¥याउँदैनौँ । हामी कांग्रेसीलाई मात्र होइन सम्पूर्ण राष्ट्रवादी लोकतन्त्रवादीहरुलाई समेत एक सूत्रमा बाँध्न सफल हुन्छौँ ।
एमाले फुटेकोमा तपाईलाई आफ्नो जित देख्दै हुनुहुन्छ ?
होइन । एमाले फुटे पनि जोडिए पनि उनीहरुको आफ्नो स्वार्थले हो । अरु भत्केर, ढलेर हामी अग्लो हुने होइन । हामी संगठनको बल र मतदाताको साथ सहयोगले पहिलो हुने कुरामा विश्वस्त छौँ ।
कांग्रेसको आगामी स्थानीय निर्वाचनमा जनतासँग जाने एजेण्डाहरु के–के छन् ?
केन्द्रले केन्द्रीय स्तरमा के कुन मुद्दा उठाएर जाने निर्धारण गर्छ तर हामी भक्तपुर अझ क्षेत्र नं. २ को विषयमा प्रष्ट छौँ । हेर्नुहोस्, स्थानीय निकायको बेथिति । जनतालाई चर्को कर थोपरिएको छ । अनि नगरपालिकाका मेयर साहेब चैँ जनताले तिरेको कर उल्फाको धनमा फुपुको श्राद्ध गरिरहेका छन् ।
सूर्य विनायक नगरपालिकाको नगर परिषद्ले दश लाख भन्दा बढीको निर्माण कार्य खुल्ला प्रतिस्पर्धामा निर्माण व्यवसायीको छनौट गर्ने भन्ने छ तर, भ्रष्टाचारमा चुर्लुम्म डुबेका नगर पािलका नेतृत्व करोडौं करोडको बजेट विना प्रतिस्प्र्धा आफ्ना आसे पासे पोस्ने गरि उपभोक्ता समितिलाई रकम बाँडिरहेको छ । त्यति मात्र हौयन, पर्ती जग्गा भूमाफियाहरुसँग मिलेर हजम बर्नारहेका छन् । अनाधिकृत रुपमा पर्ती जग्गा प्लटिङ्गलाई हस्तान्तरण वडा अध्यक्षले गर्छन्, मेयर सहमति दिन्छन् । अनि भूमाफियासँग घडेरी उपहार लाखौं लाख चन्दा खुलेआम घोषणा गरेर लिन्छन् ।
सूर्य विनायक नगरपालिकाको नगर परिषद्ले दश लाख भन्दा बढीको निर्माण कार्य खुल्ला प्रतिस्पर्धामा निर्माण व्यवसायीको छनौट गर्ने भन्ने छ तर, भ्रष्टाचारमा चुर्लुम्म डुबेका नगर पािलका नेतृत्व करोडौं करोडको बजेट विना प्रतिस्प्र्धा आफ्ना आसे पासे पोस्ने गरि उपभोक्ता समितिलाई रकम बाँडिरहेको छ । त्यति मात्र हौयन, पर्ती जग्गा भूमाफियाहरुसँग मिलेर हजम बर्नारहेका छन् । अनाधिकृत रुपमा पर्ती जग्गा प्लटिङ्गलाई हस्तान्तरण वडा अध्यक्षले गर्छन्, मेयर सहमति दिन्छन् । अनि भूमाफियासँग घडेरी उपहार लाखौं लाख चन्दा खुलेआम घोषणा गरेर लिन्छन् ।
जनताका काम भन्दा भक्तपुरमा निमि बतास र मिनि यति होल्डिङ्गहरुलाई पोस्ने र ढुकुटी स्वाहा गर्ने, जनतालाई करको भारतले थिच्ने बेथिति हाम्रो भक्तपुरमा छ । हामी जनतालाई जोगाउँछौँ । जनतालाई अअघिल्लो चुनावमा भ्रमित पार्ने खेलमा सफल हुनेहरुको असली रुप प्रष्ट पाछौँ । स्थानीय निकायको बेथिति, भ्रष्टाचार र आफन्त पोस्ने भएका ढुकुटी र प्राकृत्तिक दोहनको विषय नै हाम्रो प्रमुख एजेण्डा हुनेछ ।
एमसीसीको विषयमा तपाईको व्यक्तिगत धारणा के छ ?
एमसीसी नेपालले कुनै पनि हालतमा पारित गर्नुपर्छ । यदि यो पारित भएन भने अमेरिका र युरोपियन युनियनबाट नेपाललाई प्राप्त हुने सहयोग रोकिने त छ नै । निकट दिनहरुमा नेपालमा उत्पादिन हुने विजुली विदेशीलाई बेच्ने ट्रान्समिसन लाईनको बाटो समेत नबन्दा उत्पादित विद्युत खेर जाने, विद्युत उत्पदन हुन लागेको खरबौं खरब रुपैँयाको पानी खेर जाने अवस्था आउँछ । नबुझेर कसैले एमसीसीको विरोध गरेका छन् । कत्तिले उत्तर तिरबाट आएको रकम पाएकाहरुले विरोध गरेका छन् । जसले विरोध गरेका छन् उनीहरुले के बुझ्न जरुरी छ भने अरुण तेस्रो आयोजना रोक्दा २० वर्ष नेपालीले अन्धकार झेले । अरबौं अरब डुब्यो नेपालको । एमसीसी पनि त्यस्तै नहोस् । एमसीसीको सम्झौता पत्रले कुनै बाह्य सेना नेपाल छिर्ने मनगणन्ते कुरा पत्याउन सकिन्न । अमेरिकी सेना पाकिस्तान, अफगानिस्तान छिर्दा एमसीसी थिएन । एमसीसीमा सेना छिर्ने कुनै प्रावधान पनि छैन । एमसीसी पारित गर्नुको विकल्प छैन ।
भक्तपुरमा कांग्रेसको अवस्था राम्रो त भन्नुभयो, के नेपाली कांग्रेसले तपाईको क्षेत्र नं. २ मा कांग्रेसले बाजी मार्ला त ?
निश्चय पनि हामी सुदृढ छौँ, सशक्त छौँ, अब्बल छौँ । जनमत हाम्रो पक्षमा छ । फेरी क्षेत्र नं. २ क्षेत्र त नेपाली कांग्रेसको गढ नै हो । अघिल्लो पटक हाम्रो केही कमी कमजोरीका कारणले केही तल परेका थियौं । यसपाला त कांग्रेस अत्न्त सशक्त भएर आएको छ । सका जराहरु मजबूत रुपमा फैलिएको छ । भक्तपुर जिल्ला पहिला देखि नै कांग्रेसको किल्ला हो, यसपाला हामीले बढी नै मेहनत गरेका छौँ । जनताको साथ, समर्थन र सहयोग हामीले पाएका छौँ । कांग्रेसका कार्यकर्ताहरु भक्तपुरमा कथित कम्ुनिष्टहरु झैँ भ्रष्टाचारमा दुर्गन्धित छैनन् ।
प्रतिकृया दिनुहोस्