अर्थ मन्त्रालयमा महाशाखा प्रमुखको लागि सहसचिवको दौडधुप
काठमाडौं । अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मुल्याङकन महाशाखाका प्रमुख रितेश शाक्य आन्तरिक राजश्व बिभागको महानिर्देशक भएका छन । उनी महानिर्देशक भएसँगै उक्त महाशाखा हाल रिक्त रहेको छ । माहाशाखा प्रमुख बन्नका लागि तीन जना सहसचिव बिच तीब्र प्रतिस्पर्धा चलेको बताइएको छ ।
भरखरै सामान्य प्रशासन मन्त्रालयले टंकलाल पाण्डे, ढुण्डीराज निरौला र राजेश्वर ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो । तीन जना सहसचिव अर्थकै क्याडर हुन । पाण्डे र निरौला भन्दा ज्ञवाली सिनियर भएकोले उक्त महाशाखा प्रमुखको लागि ज्ञवालीले आँखा लगाएकोे समाचार छ ।
ज्ञवाली काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा ७२ करोड रकम ठेक्का प्रकरण मुछिएका व्यक्ति हुन । महानगरको टेकुमा बन्न लागेकोे भवनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा उजुरी परेपछि उनी जोगिनको लागि हतार हतार संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा भए ।
उक्त प्रकरणमा उनको प्रत्यक्ष संलग्नता जोडिएको बताइएको छ । तर ०७८ फागुन ६ गते सामान्यले ३२ जना सहसचिवको सरुवा हुँदा ज्ञवालीलाई अर्थ मन्त्रालयमा पठाएको छ । उक्त महाशाखा प्रमुखले नै मन्त्रालयको प्रवक्तासमेत जिम्मेवारी पाउने भएकोले ज्ञवालीको नजर अहिले त्यतै सोजिएको मन्त्रालयस्रोत बताउँछ ।
भंसार बिभागमा उपमहानिर्देशक रहेका इश्वरी प्रसाद अर्यालको सरुवा ६ महिना अगाडि मन्त्रालयमा गरिए पनि हालसम्म त्यहाँ कसैलाई पठाइएको छैन । सहसचिव टंकलाल पाण्डे र निरौला मध्ये एकजनालाई बिभागको डीजीजी बनाएर पठाउन लागिएको चर्चा मन्त्रालयमा चलेको छ ।
यस्तै बजेट महाशाखा प्रमुख भुपाल बराललाई आन्तरिक रुपमा सरुवा गरिएको छ । उनलाई राजश्व महाशाखाको जिम्मेवारी दिइएको छ र बजेट माहाशाखाको जिम्मेवारी चक्र बुढालाई दिइएको बताइएको छ ।
वीरगंज सुख्खा बन्दरगाहका प्रमुख डा. लालबहादुर खत्रीको सरुवा भएपछि खत्रीको ठाउँमा जयबहादुर भण्डारीलाई प्रमुख भंसार अधिकृतको जिम्मेवारी दिएर पठाइएको मन्त्रालयस्रोतले बताएको छ । राजश्व तालीम केन्द्रका प्रमुख एवंम सहसचिव कमदेव भटटराईले भंसार बिभागको महानिर्देशकको जिम्मेवारी पाएका छन ।
उक्त केन्द्रमा पाण्डे वा निरौला मध्ये एक जनाले प्रमुखको जिम्मेवारी पाउने संभावना रहेको बताइन्छ ।
प्रतिकृया दिनुहोस्