‘म निर्दोष ठहरिने प्रमाण छ’ भन्दै प्रहरी कार्यालयमा पुगेका थिए पल शाह

‘म निर्दोष ठहरिने प्रमाण छ’ भन्दै प्रहरी कार्यालयमा पुगेका थिए पल शाह

 

काठमाडौं । आम दर्शकमाझ लोकप्रिय बनेका अभिनेता पल शाहमाथि नाबालिकासँग शारीरिक सम्बन्ध अर्थात (बलात्कार) आरोप लाग्यो । यो आरोपमा सत्यता छ भन्ने विषयमा उनका शुभेच्छुक तथा दर्शकहरुले पत्याउन सकेका छैनन् ।
उनी निर्दोष छन् भन्ने केही प्रमाणहरु पनि सार्वजनिक भईरहेका छन् । तर गायिका समेत रहेका ती नाबालिकाले उजुरी गरिसकेपछि पलले प्रहरीसामू आत्मसमर्पण गरेका हुन् । शाहलाई आइतबार नै जिल्ला अदालत तनहुँले हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको छ ।
अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका हुन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका उनी उपस्थित भईसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।
उनले एक भिडियो सन्देश दिँदै भनेका छन्–‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भनेका छन् ।

लोकप्रिय