मात्र ६ हजार एयूएसमा अष्ट्रेलिया !
काठमाडौ । राफल्स् एडुकेयर एशोसिएट्सले ‘६ हजारमै अष्ट्रेलिया’ शैक्षिक अफर सार्वजनिक गरेको छ ।
राजधानीमा एक पत्रकार सम्मेलन गर्दै एशोसिएट्सले विद्यार्थीहरुको भविष्य र अभिभावकको आर्थिक पाटोलाई मध्यनजर गर्दै ६ हजार एयूएसमा नै यस्तो अफर ल्याएको जानकारी दिइएको हो ।
यस अफर अन्तर्गत विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहाने कम्तीमा ११ र १२ कक्षाको मिलाएर कुल अंक २.४१ जिपिए ल्याएको हुनुपर्ने र आइएलटिएसमा कम्तीमा ५.५ अंक र पिटिइ÷टोफेलमा सो सरहका अंक ल्याउने विद्यार्थीहरुले सहजै आवेदन दिन सक्ने एसोसिएट्सले जनाएको छ ।
एसोसिएट्सले कोरोना कहरले शिक्षा क्षेत्रमा पारेको प्रभाव र आर्थिक मन्दीका कारण अभिभावकहरुमा पर्न गएको आर्थिक भार धरै हद सम्म न्युनीकरण हुने बिश्वासको साथ यो अफर सुरु गरेको बताएको छ ।
यस अफरबाट सयौ विद्याथीहरु र अभिभावकहरुको लागि फलदायी हुने राफल्स् एडुकेयर एशोसिएट्स संस्थापक दिनेश ढकालले बताए ।
ढकालले यस अफर अन्तर्गत अष्ट्रेलियाका स्याडनी, मेलबर्न, पेर्थलगायतका उत्कृष्ट शैक्षिक संस्थाहरुमा विभिन्न कोर्शहरुमा अध्ययन गर्न सक्ने जानकारी दिए ।
विद्यार्थीहरुले आइटी, मार्केटिङ, ट्राभल एण्ड टुरिजम, लिडरसिप एण्ड म्यानेजमेन्ट, अकाउन्टिङ, प्रोजेक्ट म्यानेजमेन्ट, मार्केटिङ एण्ड कम्युनिकेशनलगायतका अन्य धेरै कोर्सको लागि प्रक्रिया बढाउन सक्ने उनले बताए ।
ढकालले यसै अफरमा केही विद्यार्थीहरुले भिसा प्राप्त गरी अष्ट्रेलियामा आफ्नो अध्ययन सुरु गरी सकेको पनि जिकिर गरे । आफ्नो संस्थाले २००५ देखि अष्ट्रेलिया युके, क्यानडा, यु.एस.ए लगायतका विभिन्न युरोपियन राष्ट्रहरुमा जान चाहाने विद्यार्थीहरुलाई परामर्श दिइरहेको बताए ।
उच्च शिक्षाको लागी बैदेशीक मुलुक जान चाहाने सयाँै बिद्यार्थीहरुलाई बिश्वसनीय र उपयुक्त जानकारी दिँदै झण्डै दुई दशकको इतिहास बनाएको पनि ढकालले सुनाए ।
प्रतिकृया दिनुहोस्