आगामी चुनावमा गठबन्धन हुन्छ : मन्त्री यादव

आगामी चुनावमा गठबन्धन हुन्छ : मन्त्री यादव

 

काठमाडौ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रि सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए ।
‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन गरेर जान्छ,’ मन्त्री यादवले भने,‘राष्ट्रिय सभाको चुनावको परिणाम र भागवण्डाको आधारमा आउँदा दिनहरुमा पनि पार्टी र उम्मेदवारको हैसियतलाई ख्याल गरेर गठबन्धन अघि बढेमा राम्रो प्रतिफल दिनेछ ।’ जसपाले संघदेखि सरकारसम्म अहिलेको गठबन्धनसँगै नै चुनावी गठबन्धन गर्ने बताए । राष्ट्रियसभाको चुनावमा जस्तै गठबन्धन एकढिक्का भएर चुनावमा जानुपर्नेमा उनको जोड थियो ।
सरकार सही ढंगले अघि बढिरहेकाले गठबन्धन मजबुत भएको बताए । संघ देखि प्रदेशसम्म गठबन्धन चुनावसम्म कायम हुनेमा ढुक्क हुन भने । चुनावमा गठबन्धनले भारी बहुमत ल्याउने दाबी गरे ।
संघदेखि प्रदेशसम्म नेकपाको सरकार गठन भएको र पछि नेकपा एमालेले नेतृत्व गरेपनि सोचेको जति प्रदेश न. १ मा विगतमा काम हुन नसकेको बताए । विगतमा दुई तिहाईको सरकार हुँदा पनि प्रदेश नं १ ले विकासको गति लिन नसकेको उनको भनाई थियो । केपी शर्मा ओलीले नेतृत्व गरेको दुई तिहाइको सरकारले पनि देशलाई ठोस निकास दिन नसकेको उनले टिप्पणी गरे ।

लोकप्रिय