नारायणकाजीलाई फकाउँदै प्रचण्ड–एमसीसीमा मतभेद होस्, अरु कुरामा मिलौं

नारायणकाजीलाई फकाउँदै प्रचण्ड–एमसीसीमा मतभेद होस्, अरु कुरामा मिलौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा बिमति राखेका नेता नारायाणकाजी श्रेष्ठसँग मिलेरै अघि बढ्न प्रस्ताव गरेका छन् ।
जवाफमा श्रेष्ठले पनि आफूहरु छुट्टिने निष्कर्षमै भने नपुगेको बताएका छन् । मंगलबार नेता श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा आफहरुबीचको मतभिन्नतालाई कायमै राखेर बाँकी विषयमा भने मिलेर जान प्रस्ताव गरेका थिए ।
‘यो विषयमा मतभेद कायम राखौं अरु कुरामा मिलेर जाऔं, पार्टी एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो,’ भेटमा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठसँग भनेका थिए । सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीमा श्रेष्ठले गरेको विरोधमा असन्तुष्टि जनाएका थिए ।

लोकप्रिय