माओवादी केन्द्र र एसका विद्रोहीहरूलाई एमालेमा समाहित हुन नेता बलम्पाकीको आह्वान

माओवादी केन्द्र र एसका विद्रोहीहरूलाई एमालेमा समाहित हुन नेता बलम्पाकीको आह्वान

 

बर्दीबास । एमाले नेता टेकबहादुर बलम्पाकीले एमसिसि अनुमोदन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (समाजवादी)ले धोका दिएको भन्दै दुवै दलका विद्रोही नेता कार्यकर्तालाई एमालेमा समाहित हुन आह्वान गरेका छन् ।
एक विज्ञप्ती जारी गर्दै बलम्पाकीले विभिन्न भंगालामा रहेका र टुटफुटमा रहेका सबै क्रान्तिकारी शक्ति ध्रुविकृत हुन ईतिहासको अपरिहार्यता भएको बताउँदै भनेका छन्–‘ब्याख्यात्मकको जाली नाटक मञ्चन गरेर साम्राज्यवादीसँग घुँडा टेक्न पुगेका छन् । यसले देशभक्त क्रान्तिकारीहरूको स्वाभिमानमा आँच पुग्नु स्वाभाविक हो । दुवै दलका विद्रोही कमरेडहरूलाई एमालेमा ध्रुविकृत हुन आह्वान गर्दछु ।
नेता बलम्पाकीले प्रचण्ड र माधव ईतिहासकै कुरूप जोक्कर साबित दावि समेत गरेका छन् ।
एमाले केन्द्रीय सदस्य समेत रहेका महोत्तरी जिल्ला कमिटी अध्यक्ष बलम्पाकीले (एमसिसि अनुमोदन) को बिषयमा सञ्चारकर्मीहरूलाई प्रतिकृया दिदै भने (एमसिसि अनुमोदन गरेर जनतालाई धोका दिईयो । परिवर्तनका हकदार दाबि गर्ने प्रचण्ड ( माधब ईतिहासकै कुरूप जोक्कर साबित भए ।
क्रान्तिकारी भनाउँदाहरू एमसिसि अनुमोदन गरेर प्रतिक्रान्तिकारीमा रूपान्तरण भएको नेता बलम्पाकीको आरोप छ । उनले भने–‘क्रान्तिकार हौँ भन्नेहरू यति चाँडै प्रतिक्रान्तिकारीमा बदलिएलान भनेर सोच्न पनि गार्हो भईरहेको छ । यसको जवाफ जनताले दिनेछन् ।’
माओवादी पृष्ठभुमीका नेता बलम्पाकीले सत्ता र शक्तिमा अप्राकृतिक ढङ्गले टिकीरहन प्रचण्ड (माधबले दलालीको बाटो रोजेको दाबि समेत गरे । उनले भने–‘सत्तामा टिकिरहन राष्ट«घाती कदम चाल्नेहरू जनताको नजरमा गिरीसकेका छन् । यसको बदला जनताले चुनावमा अबस्य लिनेछन् ।’

लोकप्रिय