कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

 

चितवन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३० औं, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औं र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२ औं शाखा कार्यालय स्थापना गरी फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनुभयो ।

लोकप्रिय