प्रभु बैंकले ल्यायो फोन लोन सुविधा
काठमाडौ । निजी क्षेत्रका प्रतिष्ठित प्रभु बैंक लि.ले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आप्mना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंक लि.का ग्राहकहरुले आप्mनो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सप्mटवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै रु. २ लाख सम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् ।
यो सुविधा हालको लागि प्रभु बैंक लि.मा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आप्mनो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयरबाट फोन लोनको लागि अनुरोध गर्न सक्नेछन् ।
फोनलोनको लागि अनुरोध प्राप्त हुना साथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिनपाउने कर्जा सीमा (Fone Loan Limit) निर्धारण हुने बैंकले जनाएको छ ।
त्यसैगरी यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ । यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
प्रतिकृया दिनुहोस्