सामाजिक उत्तरदायित्व बहन गर्दै सेञ्चुरी बैंक
‘सिसिटिभी जडान समितिलाई आर्थिक र जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग’
काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सिसिटिभी जडान समितिलाई रु. १ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थितिमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई हस्तान्तरण गर्नुभएको हो । ।
उक्त कार्यक्रममा सेञ्चुरी बैंकका वागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुल ढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाणाको पनि उपस्थिति रहेको थियो ।
सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमानाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सिसिटिभी क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोग पुग्ने बताउनु भएको छ ।
साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी दुइवटा टेवल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस्