मेलम्ची बाढीपीडित सरोकार समन्वय समितिद्वारा मेलम्ची आयोजना बन्द गराउने चेतावनी
काठमाडौं । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पिडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गते सम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरुको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो ।आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गते सम्म पूरा गराउन चेतावनी दिएको हो ।
कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपिडित समन्वय समितिका संयोजक उपेन्द्र तामाङले मानविय भौतिक तथा नागरिहरुको जिवन निर्वाहको अनिवार्य साधनहरुको क्षति भएको भन्दै समस्या समाधान गर्न सरोकारवालाबाट कुनै पनि कदम नचालिनु दुःखद रहेको बताए ।
उनले २०७८/१०/२१ गते मेलम्ची आयोजनासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै २०७८/११/२२ गते बसेको स्थानीय सरोकार समुदायएवंम सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकको निर्णय सहित बिभिन्न मागहरु सुनाएका थिए ।
१.मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासको निम्तिनियमित रुपमा मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराउँदै आएको सामाजिक उत्थान कार्यक्रम संचालन अन्तर्गत यस आर्थिक वर्षको बजेट स्थानीय समितिहरुमा आउनढिलाई भईरहेकोले तत्काल उपलब्ध गराउन ।
२.मेलम्चीनदीमा आएको बाढीले ठूलो धानजनको क्षतीपुर्याएको र आगामीवर्ष नदीकिनारको वस्ती झनै जोखिममा रहेकोले नदीलाई पूरानै धारमा बगाउन , मेलम्ची र ईन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा ५ मिटर खोला गहिर्याउन र तटिय क्षेत्रका जोखिममा रहेका बस्तीहरुको संरक्षणका लागी आवश्यक बजेट तत्काल आयोजना बाट उपलब्ध गराउन ।
३.मेलम्ची र ईन्द्रावती नदीकिनारका वस्ती तथा खेति योग्यजमीन ठूलो मात्रामा कटान भएकोले सो क्षेत्रको जमिन संरक्षण र खेती योग्य जमिन बनाउनका लागि मुहानदेखि सिपाघाट भिमटारसम्म आयआर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण । सडक, सिंचाई तथा सार्वजनिक पूर्वाधार निर्माण एवम् संरक्षणका लागि मेलम्ची ईन्द्रवति नदी करिडोर एकिकृत विकास आयोजनाको रुपमा एक विशेष दीर्घकालीन आयोजना नेपाल सरकारले तत्काल संचाल नगर्न ।
४.मेलँचीनदीको पानी काठमाडौं आएपछि मेलम्चीबासीले लेभीपाउने कुरा पटक पटक सहमति भई बिभिन्न अध्ययन भएर प्रकृया अघि बढेको तर, हालसम्म कुनै निर्णय भएको जानकारी प्राप्त नभएकोले तत्काल लेभि निर्धारण गर्न ।
५.आगामी वषाएमा सहज आवतजावत गर्न सहनहुने गरि सडक निर्माण कार्य तत्काल अघि बढाउन ।
६.मुहान क्षेत्रमा थुप्रीएका ढुंगा, माटोहरु निकालेर सुरक्षित ढंगले भण्डारण गर्न सहमति भएर पनि जथाभावी ढंगले राख्दा नदीकिनारका वस्ती जोखिममा पर्ने भएकोले सुरक्षित भण्डारणमा भने जोडदार माग गररहेका छौं ।
कार्यक्रममा बोल्दै हेलब्बु बाढीपिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका वस्तीलाई संरक्षण गर्न सम्झौता भएपनि काम नभएको बताए । साथै,सरोकारवालानिकायको पटकपटक ध्यानाकर्षण गराएपनिकुनै निकायले वास्तानगरेको आरोप लगाए ।
‘असार एक गते मेलम्चीखोलाको उत्गम स्थल हेमाथानबाट सुरु भएको बाढी पहिरोले तटिए क्षेत्रमा ब्यापक क्षतिभएको छ । घर,जमिन, सार्वजनिक पुर्वाधार सबै ठाउँमा क्षति पुगेको छ ।राष्ट्रिय गौरबको आयोजना मेलम्ची खानेपानी योजनाको सुरुङमार्ग बाट निकालिएको कच्चापदार्थ र अन्यइकुप्मेन्टबाट पनितल्लो तटिए क्षेत्र त्यस क्षेत्रमा ब्यापक क्षति भयो । तर, अहिलेसम्म पनि समस्याको समाधान भएन’, उनले भने ।


प्रतिकृया दिनुहोस्