एमालेले एक्लै चुनाव लड्छ, ०७४ को भन्दा बढि नै सिट ल्याउँछौं : रघुवीर महासेठ

एमालेले एक्लै चुनाव लड्छ, ०७४ को भन्दा बढि नै सिट ल्याउँछौं : रघुवीर महासेठ

 

काठमाडौ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेका छन् ।
उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडेपनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरे ।
राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै उनले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हाँसिल गर्ने पनि दाबी गरे ।
उनले भने–‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन् । अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं ।’
उनले एमालेको लोकप्रियता जनताको बीचमा छ । एमालेले सरकारमा हुँदा देश र जनताको लागि जुन काम गरेको थियो, ती काम लिएर हामी जनताको बीचमा जाने बताए ।
उनले भने–‘हामीले गरेका कतिपय कामको कारण जनताको बीचमा एमाले लोकप्रिय छ । २०७४ को निर्वाचनमा झैं जनताले विश्वास गरेर हामीलाई जिताउनेछन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनमा विचार गर्छौं । अहिले सत्ता गठबन्धन सबै मिलेर आएपनि एमालेलाई खास फरक पर्दैन् । एमालेको २०७४ सालको निर्वाचनको भन्दा कम सिट आउँदैन्, बरु बढि नै आउँछ ।’

लोकप्रिय