एकै परिवारको चार जना बेहोस, एक मृत अवस्थामा भेटिए

एकै परिवारको चार जना बेहोस, एक मृत अवस्थामा भेटिए

 

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् । तीमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् ।
गम्भिर घाइते उनको परिवारका थप चार सदस्यको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको एसएसपी गिरीले बताए ।
घटनास्थलमा पुगेका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले विष खाएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, विस्तृत अनुसन्धानपछि मात्र एकिन हुने उनले बताए ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ मा पनि सोमबार एकैपरिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए ।

लोकप्रिय