नेबिको चार नयाँ खाद्य बस्तु एकै पटक बजारमा सार्वजनिक
काठमाडौं । विगत ५५ वर्षदेखि नेपाली बजारमा खाजाको रूपमा बिस्कुट उत्पादन गर्दै आएको नेबिकोले आज चार खाद्य बिस्कुटहरू सार्वजनिक गरेको छ ।
नेबिकोले डि ५० बिस्कुट, नाइस कुकिज, पिनट्स र झुरूम झुरूम चिउरा सार्वजनिक गरेको हो ।कम्पनीका ब्राण्ड एम्बेसडर शिव श्रेष्ठ, कम्पनीका प्रबन्ध सञ्चालक रौनियार, सिइओ केशव भट्टराईलगायतले संयुक्त रूपमा सार्वजनिक गरेका छन् ।
कार्यक्रममा नायक शिव श्रेष्ठले नेबिको नेपालको आफ्नै ब्राण्ड भएकोले सबैले माया गर्नुपर्ने बताए । त्यस्तै, सिईओ भट्टराईले नेबिकोका उत्पादन सधैं ताजा र गुणस्तरिय हुने भएकोले निर्धक्क भएर उपभोग गर्न आग्रह गरे ।
नयाँ प्रडक्ट फन्च गर्दै, निर्देशक रौनियारले पुरै खरानी भएको कम्पनी छोटो समयमा नै बाउन्स ब्याक हुन सफल भएको बताउदै नेबिकोको पुनरागमनले आम जनताले सस्तो र सरल रूपमा खाजाको रूपमा बिस्कुट पाएको बताए । उनले ४४ दिनको अवधी जलेर ध्वस्त भएको उद्योग पुन सुचारू गर्न सफल भएको बताए ।
कम्पनीले नेबिको बिस्कुट लगायतका खाद्य बस्तुहरू अष्ट्रेलियाको सिड्नीमा उपलब्ध हुने जनाएको छ।


प्रतिकृया दिनुहोस्