एमाले सचेतक थापाद्वारा नारी दिवसको शुभकामना

एमाले सचेतक थापाद्वारा नारी दिवसको शुभकामना

 

बर्दिबास । नेकपा (एमाले) मधेश प्रदेश सचेतक शारदादेवी थापाले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस २०७८ को शुभकामना ब्यक्त गरेकी छन ।
सामाजिक सञ्जाल फेसबुकबाट सचेतक थापाले शुभकामना सन्देश ब्यक्त गरेकी हुन् ।
शुभकामना सन्देशमा उनले लेखेकी छन् –महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नाराका साथ यस वर्ष मनाइँदै गरेको ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मधेस प्रदेश लगायत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।
थापा महोत्तरीबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

लोकप्रिय