नेता बलम्पाकीको उदघोष– एमालेले बर्दिबासलाई भ्रष्टाचार र कमिसनमुक्त नगर बनाएर सुन्दर सहर बनाउँछ
बर्दिबास । एमाले नेता टेकबहादुर बलम्पाकीले महोत्तरीको बर्दिबास नगरपालिकालाई भ्रष्टचार र कमिसनतन्त्रमुक्त बनाएर सुन्दर सहरको रूपमा विकास गर्ने एमालेको योजना रहेको उदघोष गरेका छन् ।
एमाले निकट अखिल नेपाल महिला सँघ बर्दिबास नगर कमिटीले ११२ औं अन्तराष्टिय श्रमिक नारी दीवसको अवसरमा आयोजित कार्यक्रममा बलम्पाकीले यस्तो उदघोष गरेका हुन् ।
मेयरले पाउने सबै सेवा सुविधा सरकारले दिन्छ बलम्पाकीले भने –‘अब भ्रष्टचारी र कमिसनखोरीका दिन गए । बर्दिबासलाई सुन्दर नगर विकास गर्ने भिजन एमालेसँग छ । सबैले थाहा पाउन् , आउँदो स्थानिय चुनावमा बर्दिवास नगरमा एमालेको सूर्य फहराउने छ ।’
एमाले केन्द्रीय सदस्य समेत रहेका महोत्तरी जिल्ला अध्यक्ष बलम्पाकीले जनताको भोटलाई दुरूपयोग गर्नेहरूको दिन गएको बताउँदै भने – बर्दिबास नगरलाई सुन्दर बनाउने अभिभारा एमालेको काँधमा आईपरेको छ । यो अभिभारा पूरा गर्न एमाले तयारी अबस्थामा छ । कुनैपनि तागतले बर्दिबासमा मात्रै होईन , देशैभरी हराउने सामार्थ्य राख्दैन । एमाले त आयो आयो । सूर्य त आयो ।


प्रतिकृया दिनुहोस्