‘महिलालाइ एमालेले पचास प्रतिशत अधिकार दिन्छ’

‘महिलालाइ एमालेले पचास प्रतिशत अधिकार दिन्छ’

 

बर्दिबास । नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य भिम आलेले एमालेको बहुमतको सरकार बने महिलालाई ५० प्रतिशत अधिकार दिलाउने बताएका छन् ।
अन्तराष्टिय श्रमिक नारी दिवसको अबसरमा एमाले निकट अखिल नेपाल महिला सँघले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता आलेले भने – ‘एमाले महिलाको अधिकार दिलाउने पार्टी हो । ३३ प्रतिशतलाई आन्तरिक पार्टी जीवनमा लागू गर्ने पहिलो पार्टी हो । आउने चुनावहरूमा एमालेलाई दुई तिहाइ मतले जिताउनुस् ५० प्रतिशत अधिकार संविधानमै सुनिश्चत गर्छ ।’

लोकप्रिय