सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदमा आवेदनको माग गर्यो

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदमा आवेदनको माग गर्यो

 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ। मन्त्रालयले योग्यता, अनुभव र उमेर पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त पेश गर्न आज शुक्रबार सूचना प्रकाशित गरेको हो ।

 

सात दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आग्रह गरेको छ। दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख रहेको छ ।

यस्तै कम्तिमा पनि स्नातक तह उत्तिर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्दछ। पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्तिले दरखास्त दिन पाउँछन्।

 

लोकप्रिय