नेविसंघ नेताहरुको मागः स्थानीय चुनावमा महत्वपुर्ण भुमिका दिइयोस्

नेविसंघ नेताहरुको मागः स्थानीय चुनावमा महत्वपुर्ण भुमिका दिइयोस्

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघका अगुवा नेता तथा कार्यकर्ताहरुले युवा विद्यार्थीहरुलाई आगामी स्थानीय तहको चुनावमा महत्वपुर्ण भुमिका दिन पर्ने धारणा राखेका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी चुनावमा कांग्रेसलाई जिताउन नेविसंघले महत्वपुर्ण भुमिका खेल्ने नेताहरुले दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका पुर्व महामन्त्री युवराज पाण्डेले नेविसंघको नेतृत्व कस्तो हुनुपर्ने त्यसको बारेमा छलफल पहिला हुन पर्ने बताए ।

उमेरको मात्र आधारलाई नहेरेर सबै समस्यालाई उठान गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको उनले औंल्याए । उमेर हदबारे प्रसंगमा कुरा गर्दै उनले नेविसंघको १२औं महाधिवेशनबाट ३२ वर्षे उमेरहद लागु हुने विधान बनाएको बताएका छन् ।

आफु उमेरहद बाट नभई बाहिरबाट महामन्त्री भएको सुनाउँदै नियमित रुपले महाधिवेशन भएमा उमेरहद आफै हट्ने जिकिर गरे । उमेरहद सधैभरि लगाउन जरुरी नभएको भन्दै यसबारेमा पार्टी नेतृत्वले ध्यान दिन पर्ने बताएका हुन् ।

पार्टीको उमेरहद लगाउने निर्णयलाई आश्चर्य मान्न नहुने उनको भनाई रहेको छ ।यस्तै गरी अरु नेता तथा कार्यकर्ताहरुको पनि भनाई रहदै आएको छ

लोकप्रिय