संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा आज फागुन ३० गते काठमाडौंदेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकलम्याराथुन–२०७८’ हुँदै

संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा आज फागुन ३० गते काठमाडौंदेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकलम्याराथुन–२०७८’ हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको खेलकुद विभाग संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा आज फागुन ३० गते (सोमबार) काठमाडौंको दशरथ रंगशाला देखि दमक तथा धनकुटा टुँडिखेल सम्म‘एकलम्याराथुन–२०७८’हुने भएको छ ।

महासंघले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । ‘सबैका लागि खेलकुद हाम्रो अभियान, संघीयता सुशासन र संघीय समाजवाद राष्ट्रको पहिचान’भन्ने सन्देश प्रवाह गर्दै,‘स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि खेलकुद–२०७८’भन्ने नाराका साथ एकल म्याराथुनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । र, म्याराथनको सम्पूर्ण तयारी पूरा भएको पनि महासंघले जनाएको छ ।

कीर्तिमानी अन्तर्राष्ट्रिय म्याराथुनधावक बैकुण्ठ मानन्धर र कीर्तिमानी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धाविकामिरा राईको प्रमुख आतिथ्यतामा काठमाडौं दशरथ रंगशालादेखि धनकुटा टुँडिखेल तथा काठमाडौं दशरथ रंगशाला देखि दमकसम्मको एकल म्याराथुन दौड बिहान ७ बजे उद्घाटन गरिने बताइएको छ ।
खेलकुद क्षेत्रका विश्वव्यापी मूल्य र मान्यतालाई अंगीकार गर्दै र यो क्षेत्रको समग्र विकास र विस्तार गर्नका लागि खेलकुदमा अनुशासित जनशक्ति तयार गर्दै, जनजागरण पैदा गर्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने, शरीरका सबै अंगहरु चलायमान राख्ने र खेलकुदलाई जीवनको अभिन्न अंग बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको पनि महासंघद्धारा जारी पे्रस विज्ञप्तीमा प्रष्ट पारिएको छ ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष नेत्रबहादुर नेम्बाङले म्याराथुनको सम्पूर्ण तयारी पुरा भएको जनाए । लामो म्याराथुनभएको हुँदा अफ्ठ्यारो परे ‘रेसक्य’ू गर्ने टिम समेत तयार पारिएको उनले स्पष्ट पारे । यस्तै,उनले म्याराथुन गर्ने बारे गृहमन्त्रालयमा समेत जानकारी गराई सकेको बताएका छन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य विभाग प्रमुख डा.के.के. राईले खेलाडीहरुले गरेको आँटप्रति सम्मान व्यक्त गरेका थिए । उनले उक्तकार्यक्रमले स्वस्थ रहन पे्ररित गर्नुका साथै अबको समाज परिवर्तनको संवाहक युवा हौं भन्ने सन्देश दिने पनि बताए ।

अबको नयाँ पुस्ता स्वस्थ रहनुपर्ने भन्दै त्यस माम्याराथुनले टेवा पुर्याउने उनको भनाई छ । राईले यो संसारमा सबै कुरा सम्भव रहेको भन्दै काठमाडौंबाट दमक र धनकुटा पुग्ने आँट गरेका युवाहरुलाई सलाम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै संघीय समाजवादी खेलकुद महासंघका महासचिव भरत अधिकारीले खेलाडीहरुलाई प्रोत्साहन र खेलको माध्यमबाट राष्ट्रलाई चिनाउनको लागिएको लम्याराथुनको आयोजना गरिएको धारणा राखेका थिए ।

लोकप्रिय