महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

 

काठमाडौ । महालक्ष्मी बिकास बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले “एकशाखा, एक सामाजिक उत्तरदायित्व”कार्यक्रम संचालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत यस बैंकको बैतडी, पाटन शाखाले पाटन ̵४ स्थित भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री उपलब्ध गराएको एक विज्ञप्तिमार्फत जनाएको छ ।
विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाविच उक्त खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रि«य खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेल प्रति थप हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको कुरा पाटनका शाखा प्रबन्धक बिजय शाहले बताउनुभयो ।
बैंकको यस सहयोगबाट विद्यार्थीहरु निकै उत्साहित भएको र खेलकुद विकासका लागी महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति विद्यालयका प्रधानाध्यापक बिरेन्द बहादुर चन्दले धन्यवाद ज्ञापन गर्नुभएको थियो । महालक्ष्मी विकास बैंकले कोर बैंकिङ्गमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।

लोकप्रिय