जिल्ला सभापतिहरुमा देउवा समूहकै बर्चस्व

जिल्ला सभापतिहरुमा देउवा समूहकै बर्चस्व

 

काठमाडौं । नेपाली कांग्रेसको ७७ वटै जिल्लाको अधिवेशन समाप्त भएको छ । प्राप्त नजितामा सभापति शेरबहादुर देउवा पक्षका धेरैले जिल्ला सभापति जितेका छन् ।
७७ मध्ये ४१ जिल्लाका सभापतिहरु देउवा पक्षमा छन् । त्यस्तै, शेखर कोइराला र रामचन्द्र पौडेल पक्षका ३२ जना जिल्ला सभापति छन् ।
कांग्रेको चौधौं महाधिवेशनमा बेग्लै समूहमा देखिएका कृष्णप्रसाद सिटौला पक्षले २, प्रकाशमान सिंह पक्षले १ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व पाएका छन् ।
प्रदेश १ मा देउवा पक्षका ७, कोइराला–पौडेल पक्षका ६ र सिटौला पक्षका १ जना जिल्ला सभापति भएका छन् । मधेश प्रदेशमा देउवा पक्षका ६, कोइराला–पौडेल पक्षका १ र निधि पक्षका १ जना जिल्ला सभापति भएका छन् ।
बागमती प्रदेशका देउवा पक्षका ७, कोइराला–पौडेल पक्षका ५ र प्रकाशमान सिंह पक्षका १ जना जिल्ला सभापति भएका छन् ।
त्यस्तै, गण्डकी प्रदेशमा देउवा पक्षका ५, कोइराला–पौडेल पक्षका ५ र सिटौला पक्षका १ जना जिल्ला सभापति भएका छन् ।
लुम्बिनी प्रदेशमा देउवा पक्षका २ र कोइराला–पौडेल पक्षका १० जना जिल्ला सभापति भएका छन् ।
त्यसैगरी कर्णाली प्रदेशमा देउवा पक्षका ८ र कोइराला–पौडेल पक्षका २ जना जिल्ला सभापति भएका छन् । सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका ६ र कोइराला–पौडेल पक्षका ३ जना जिल्ला सभापति भएका छन् ।

लोकप्रिय