होली लक्षित चेकजाँचमा १०९ चालकमाथि कारबाही

होली लक्षित चेकजाँचमा १०९ चालकमाथि कारबाही

 

काठमाडौ । हजारौंको संख्यामा ट्राफिक प्रहरी आज दिनैभरी सक्रिय भई राजधानीको सडकमा खटिए । फागु पूर्णीमा (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन एक हजार ३ सय भन्दा बढि ट्राफिक प्रहरीले कडाईका साथ चेकजाँच कार्य गरेको थियो ।
दुर्घटना रहित होली पर्व मनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको थियो ।
महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहान देखि नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्येनजर गरेर बिहानै देखि चेकप्वाइन्ट राखि चेकिङ्लाई कडा पारिएको बताउनुभयो ।
उहाँले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिनुभयो । विहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने १०६ जनालाई कारबाहि गरेको एसएसपी जोशीले बताउनुभयो ।

लोकप्रिय