परिक्षाको दुईदिन अगाडी परिक्षा तालीका सार्वजनिक हुदा बिद्यार्थी मर्कामा
काठमाडौँ-त्रिभुवन विश्वविद्यालय सामाजिक कार्य विभागले लकडाउनका कारण समयमा सञ्चालन हुन नसकेको स्नातकोत्तर तेस्रो सेमेस्टर को सत्रान्त परिक्षाको परिक्षा तलिका आज सार्वजनिक गरेको छ ।
आज सार्वजनिक गरेको परिक्षा तलिका अनुसार अबको दुइ दिन पश्चात परिक्षा सञ्चालन हुने भएको छ ।
लकडाउनका कारण उपत्यकाबाट गृहजिल्ला गएका परिक्षार्थीलाइ उपत्यका आएर परिक्षा दिन समस्या भएको हो ।
नेपालभरी सामाजिक कार्यको को स्नातकोत्तर कार्यक्रम त्रिभुवन विश्वविद्यालय केन्द्रिय बिभागमा मात्र अध्यापन हुने गरेको छ ।
परिक्षा तलिकामा परिक्षाको मिति २०७८ श्रावण ५ को भएता पनि परिक्षा तलिका भने २०७८ श्रावण १८ गते मात्र सर्वजनिक गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय सामाजिक कार्यको तेस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थी अभिषेक खत्रीले सामाजिक कार्य विभागले बिद्यार्थीको भबिष्यमाथी खेलवाड गरेको बताएका छन् । उनी भन्छन् “म अहिले आफ्नो गृह जिल्ला ईटहरीमा छु म कसरी दुई दिनमा काठमाडौँ आएर परिक्षा दिन सक्छु” । उनले थपे “लगडाउन भएसँगै मैले भाडा तिर्न समस्या हुने भएकाले आफु बस्ने कोठा समेत छाडेर आएको छु” ।
हाम्रा संवाददाताले यसबारे थप बुझ्न त्रिभुवन विश्वविद्यालय सामाजिक कार्य विभागमा सम्पर्क गर्दा विभागको फोन उठेन ।
प्रतिकृया दिनुहोस्