सात वायु सेवा कम्पनीहरूले बक्यौता नतिरे कारबाही गर्ने चेतावनी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको हो।
प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न आउन ०७७ असोज ७, ०७७ माघ २६ र ०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो। प्राधिकरणले आज अन्तिमपटक भन्दै निकालेको सूचनामा वक्यौता तिर्न आउन भनिएको छ।
यदी बक्यौता तिर्न नआए कम्पनीलाई कालोसूचीमा राख्दै भविष्यमा हवाई सेवासम्बन्धी कुनै पनि कामकारबाही गर्न नदिने र सञ्चालकहरूको बैंक खाता रोक्कादेखि राहदानी रोक्कासम्म गरिने चेतावनी दिइएको छ।


प्रतिकृया दिनुहोस्