भक्तपुरमा नेपाली कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाउन मतदाता आतुर छन् : सभापति कार्की

भक्तपुरमा नेपाली कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाउन मतदाता आतुर छन् : सभापति कार्की

 

भक्तपुर । नेपाली कांग्रेस क्षेत्र नं २ भक्तपुरले नियमित बैठक प्रत्येक महिनाको ७ गते गर्दै आईरहेको छ ।
नियमित बैठकमा क्षत्रीय सदस्य धर्मभक्त श्रेष्ठलाई कार्य समितका सभापति भेष बहादुर कार्कीको प्रस्तावमा कार्य समितिले कोषाध्यक्ष पदमा मनोनयन गरेको छ ।
साथै कार्य समितिको बैठकले नेपाली कांग्रेसको बिधान २०१७ बमोजिम कार्य सम्पादन समितिको समेत गठन गरेको छ । कार्य सम्पादन समितिमा पदाधिकारीहरु पदेन सदश्य रहने ब्यबस्था अनुसार सभापति भेष बहादुर कार्की उपसभपतिद्वय ओम प्रकाश श्रेष्ठ र प्रदिप कार्की, सचिव द्व्य ईश्वर खड्का र सबिन ढुँगेल, कोषाध्यक्ष धर्म भक्त श्रेष्ठ , सहसचिब द्व्यव सुसन प्रजापति र मिना चित्रकारका साथै कार्य समितिका सदस्य क्रमश बिदुरमान सिँह बस्नेत, राजेश श्रेष्ठ, मणिराज थापा, हरि भक्त हेक्का, मिठाराम न्यौपाने, हिरा श्रेष्ठ र दुर्गा न्यौपाने रहने गरि कार्य समति गठन भएको छ ।


बैठक पश्चात कार्य समितका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुलाई बरिष्ठ प्रशिक्षक श्री जनार्दन घिमिरेबाट एमसीसीको बिषयमा उठेका भ्रम चिर्न अन्तरक्रिया समेत गरिएको थियो । साथै २ नं क्षेत्रीय कार्य समितिले गत गत चैत्र २ गते महिला कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा महिलाहरुको भुमीकाको बिषयमा एक दिने प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेको थियो ।

प्रशिक्षण कांग्रेसका चर्चित नेता गुरु राज घिमीरेका साथै बिद्वान प्रशिक्षक सुरेन्द्र केसी र बिदुषि कान्ता सिग्देल (सुसिला) ले पनि प्रभाव शाली प्रशिक्षण दिनु भएको थियो ।
नेपाली कांग्रेस क्षेत्र नं २ भक्तपुर आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बिजय गराउन मध्यपुर नरपालिका र सूर्य बिनायक नगरपालिकाकासबै वडाहरुमा प्रतिनिधि परिचालित गरि क्रियाशील रहेको छ ।
भक्तपुरका चारबटै नगरपालिकामा उपलब्धीहाँसिल गर्न कांग्रेस जुटेको समेत प्रतित हुन्छ ।

क्षेत्र नं २ का सभापति भेष बहादुर कार्की संग आगामी निर्वाचनको लागि कांग्रेसको तयारीको बिषयमा प्रश्न राख्दा
यसपाली नेपाली कांग्रेसलाई भक्तपुरमा बिजयी गराउन कुनै कसर नछाड्ने भन्दै आगामी स्थानीय निर्वाचन भक्तपुरमा नेपाली कांग्रेसलाई सर्बश्रेष्ठ बनाउन भक्तपुरका मतदाता आतुर रहेको प्रतिक्रिया दिनुभयो ।

लोकप्रिय