रुस र युक्रेन बीचको युद्ध जारी

रुस र युक्रेन बीचको युद्ध जारी

एजेन्सी  ।  रुस र युक्रेन बीचको युद्ध जारी रहेको छ । रुसले युक्रेनका विभिन्न शहरहरुमा युद्ध जारी राखेको छ । यस्तै रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा रुसी सेनाले क्षेत्रयास्त्र प्रहार गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

विस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो ।

आगो निभाउन ६३ अग्नि नियन्त्रकहरू परिचालन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ ।

रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।

लोकप्रिय