कांग्रेसका अधिकांश नेताहरु तालमेलकै पक्षमा
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ला÷नगर्लाको आशंका करिब निवारण भएको छ ।
शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले तालमेलको पक्षमा अभिव्यक्ति दिएसँगै कांग्रेसको कित्ता क्लियर भएको छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा तालमेलको पक्षमा थिए ।
देउवा समूहका केन्द्रीय सदस्यहरु पनि तामेलको पक्षमा उभिएका छन् । बहुमत केन्द्रीय सदस्यको मतका आधारमा देउवाले औपचारिक रुपमा तालमेलको निर्णय गराउन लागेका छन् ।
तालमेलको मोडालिटी तय गरेर सम्भवतः सोमबार कांग्रेस बैठक सकिने छ । पार्टीलाई जिताउने गरी मोडालिटी तय गरेर केन्द्रीय समितिको बैठक सकिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
नेताहरुका अनुसार तालमेलको मोडालिटी बनाउँदा कांग्रेसले अघिल्लो निर्वाचनमा पाएको मतभारलाई प्रमुख आधार बनाइने छ । २०७४ सालको निर्वाचनमा गठबन्धनका दलमध्ये आफू पहिलो स्थानमा रहेको पालिकाको मूल नेतृत्वमा कांग्रेसले दाबी गर्नेछ ।
अघिल्लो पटक माओवादी केन्द्रले जितेका स्थानमा तालमेलको मोडालिटी हुने भन्ने अन्यौल छ । माओवादी विजयी भएको स्थान छोड्दा कर्णालीमा धेरै स्थान दिनुपर्ने नेताहरुको बुझाई छ ।


प्रतिकृया दिनुहोस्