विकास यति भएको छ कि भावी जनप्रतिनिधिले के काम गर्ने होला भनेर खोज्नुपर्ने हुन्छ
राम थापा मगर, वडा अध्यक्ष, मध्यपुर थिमी नगरपालिका वडा नं. २
राम थापा मगर मध्यपुर थिमी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष हुन् । सरल र मेहनती स्वभावका थापा जनताले आफूँलाई जुन जिम्मेवारी दिए त्यो पूरा गर्न हरपल खटिरहे । न दिन न रात, न भोक न निन्द्रा जनताको सेवामा अनवरत रुपमा लागिरहे । आफ्नो कार्यकालको लामो समय कोभिडसँग लड्नुप¥यो । एकातर्फ रोग नियन्त्रण गर्नुपर्ने अर्कोतर्फ भोकाएको जनताको पेट भर्नुपर्ने । चुनौती नै चुनौती । तर पनि विना थकान र झन्झट जनतालाई कोभिडको संकटबाट उतारेरै छाडे । उनी भन्छन्–‘कोभिड–१९ ले कठिन अवस्था निम्त्याएको थियो तर, मेरो भूमिका सरल बनाउन रह्यो ।’ मध्यपुर थिमी नगरपालिकाभित्र बुढाबुढी देखि बच्चाबच्चीसम्म उनलाई नचिन्ने कोही छैन । जब कोही समस्यामा पर्छन् उनकै मोबाइलमा घण्टी बज्छ । समस्यामा परेका जनतालाई उनले हुँदैन, सक्दैन, छैन कहिल्यै भनेनन् । सक्दो सहयोग गरिरहे । जनताको सेवामा तल्लिन् मगर भन्छन्–‘पाँच वर्ष कति छिटो वितेछ ?’ आज अर्थात चैत्र १४ गते मध्यपुर थिमी नगरपालिकाको २६ औं वर्षगाँठ पनि हो । सोही अवसर पारेर मध्यपुर थिमी नगरपालिका वडा नं. २ को नेतृत्वमा पछिल्लो पाँच वर्षमा के कति काम सम्पन्न भए ? यसबीचमा के कस्ता चुनौतीहरुको सामना गर्नुप¥यो ? लगायतका विषयमा केन्द्रित रहेर उनै अध्यक्ष थापासँग गरिएको समिक्षात्मक कुराकानी :
आज अर्थात चैत्र १४ गते मध्यपुर थिमी नगरपालिकाको २६ औं वार्षिकोत्सव । नगर प्रवक्ताको हैसियतले आम नगरबासीमा के सन्देश दिन चाहानुहुन्छ ?
मध्यपुर थिमी नगरपालिकाको आज मिति २०७८ साल चैत्र १४ गते २६ औं स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण मध्यपुर थिमी नगरबासी लगायत यस नगरपालिकाका जनप्रतिनिधिहरु, देशभक्त कर्मचारीलगायत सबैमा शुभकामना व्यक्त गर्न चाहान्छु । यस अवसरमा हर्ष र उल्लासका साथ नगरपालिका मातहतका कर्मचारी र नगरबासीहरुले घर घरमा दिप प्रज्वलन गर्दै मनाउनु हुन आग्रह गर्दछु । यसै सन्दर्भमा मध्यपुर थिमी नगरपालिका मातहतका कार्यालयहरु बन्द रहने जानकारी समेत गराउन चाहान्छु ।
साथै नेपाल सरकारद्वारा २०७९ साल बैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरिसकेको र नगरपालिकाभित्र चुलिएको विवादका कारण नगरपालिकाद्वारा उत्सव मनाउन नसकिएकोमा दुःख व्यक्त गर्दै नगरपालिका घर घरमा दिप प्रज्वलन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछ । साथै नगरप्रमुखले नगर कार्यपालिकाको बैठक राख्न चासो नदेखाउँदा विगत ९ महिनादेखि नगर कार्यपालिकाको बैठक बस्न नसकिएको र वार्षिकोत्सव मनाउने निर्णय हुन नसकेको समेत सबैमा जानकारी गराउँदछु ।
मध्यपुर थिमी नगरपालिकाले सधैं समयमा बजेट बनाउन सक्दैन । सधैं विवादमा तानिइरहन्छ । किन यस्तो विवाद भईरहेको छ ?
हाम्रो नगरप्रमुख हामीप्रति अत्यन्त पूर्वाग्रही रहनुभयो । यो कार्यकालमा हामीले नगरप्रमुखको असहयोगका कारण ठुलो चुनौतीको सामना गर्नुपरेको छ । उहाँ पूर्वाग्राही सोँच राखेर काम गर्नुहुन्छ । यसले हामीलाई निकै अप्ठ्यारो पारेको छ । जस्तो कि मैले नेतृत्व गरेको वडा कामनपा वडा नै ३२ सँग जोडिन्छ । तर यता हाम्रो वडा र उताको अवस्था भने धेरै फरक छ । हाम्रो यता गाउँ जस्तो र उता सहर जस्तो छ । मेरो नेतृत्वमा रहेको वडालाई देख्नुभएको छ तर उहाँले नदेखे जस्तो गरिरहनुभएको छ ।
हामीले नगरप्रमुखको असहयोगका कारण ठुलो चुनौतीको सामना गर्नुपरेको छ । उहाँ पूर्वाग्राही सोँच राखेर काम गर्नुहुन्छ । यसले हामीलाई निकै अप्ठ्यारो पारेको छ । जस्तो कि मैले नेतृत्व गरेको वडा कामनपा वडा नै ३२ सँग जोडिन्छ । तर यता हाम्रो वडा र उताको अवस्था भने धेरै फरक छ । हाम्रो यता गाउँ जस्तो र उता सहर जस्तो छ ।
नाट्यश्वरी पार्क निर्माणमा पनि उहाँको असहयोग भयो । पहिलो वर्ष काम भएको यो पार्कमा दोस्रो वर्षको काम रोक्नु भयो, तेस्रो वर्षमा त बजेटै दिनुभएन । राम्रो कामको जस वडाले पाउने भयो भन्ने डरका कारण उहाँले अवरोध गरेको हुनसक्छ । यसको अलवा यस नगरको नीतिमा एक वर्ष काम नगरेको उपभोक्ता समितिले अर्को वर्ष काम गर्न नपाउने भएका कारण पनि दोस्रो वर्ष विवाद गराएर काम भएन ।
म नै काम गर्छु, म यसको सम्पन्न गर्छु भनेर लागेको उपभोक्ता समितिलाई उहाँले काम गर्न दिनुभएन । यसमा वडाले नै वजेट राखेको हो । यसमा नगरले छुट्टै सहयोग गरेको छैन । दोस्रो वर्ष ७० लाखको वजेट राखेर काम गर्ने बेला उहाँले पुरानो समितिलाई हटाएर नयाँ समिति बनाउनुण्भयो । दुईवटा उपभोक्ता समिति देखिएका कारण अहिले त्यो काम ओझेलमा परेको छ । नगर प्रमुख पूर्वाग्राही भएका कारण यस्ता समस्या आइरहेका छन् ।
जनकशिक्षा अगाडिको ऐतिहासिक फल्चा र बाटो बिस्तारको क्रममा अगाडि पाटी र पछाडि ढुंगेधारा त्यसलाई नेवारीमा “हिटि दुने फल्चा पिने” भन्ने थियो । त्यो पार्टी बाटोमा पर्ने भयो । फल्चा मास्न पाइदैन । र पहिलेकै अवस्थामा पुन निर्माण गर्ने कुरा भयो । बाटो पनि बन्ने र फल्चा पनि बन्ने भएपछि हामी खुसी भयौँ । तर त्यसलाई मेयरले रोक्नु भयो ।
पछि पार्टीमा जे थियो । त्यसमा उल्टो बन्यो । जसको न संझौता छ, न निर्णय न वजेट छ । यो लहडको काम त्यसै रोकिएको छ । अहिले यहाँ वडामा काम गरेको भुक्तानी माग्न आएर हैरान बनाएको छ ।
यो अवधिमा वडाबासीले महसुस गर्ने गरी के–के काम गनुभयोे ?
चुनावको बेलामा जनताको घरदैलोमा भोट माग्न जाँदा खेरी हामीले प्रतिवद्धता–पत्र बनाएका थियौं । हामीले त्यसैलाई आधार मानेर काम गर्दै आएका छौ । हाम्रो उद्देश्य अनुसारको त्यो प्रतिवद्धता पत्रको ९० प्रतिशत वाचा पूरा गरेका छौ । यसमा गौरव गर्ने लाएकको एउटा काम मनोहरी पुलदेखि बाखाबजार हुँदै सल्लाघारी जाने बाटो बनेको छ । यो बाटो कालोपत्रे गर्ने काम निकै विवादित बनेको थियो । विवाद समाधानका लागि वडाले धेरै सयंमित र महत्वपूर्ण भूमिका खेलेको छ । बाटो निर्माणमा क्षति व्यहोरेका जग्गाधनीहरुलाई मुआब्जा समेत दिलाएर यो बाटो निर्माण सम्पन्न गरेका हौँ । त्यो सानो बाटोमा समस्या भएका कारण हामीले यसको स्तरोन्नती गरी सम्पन्न गरेका हांै । बाखाबजारमा भने पुरानो बजार भएका कारण चाहे अनुरुपको सडकको काम हुन सकेको छैन । त्यसैगरी हाम्रो वडामा रहेका सबै कच्ची बाटोहरु यो अवधिमा पक्की बनेका छन् । आवश्यकताको आधारमा कतै पिच, कतै ढलान त कतै ढुंगा र इँटा छापिएको छ । जे जसरी भएपनि अव हाम्रो वडाभित्र रहेका सडकमा हिलो धुलो नहुने बनाएका छौ ।
यसको अलवा उज्यालो वडा कार्यक्रम भएको छ । जसका कारण हरेक टोलमा हिड्नका लागि सजिलो भएको छ । पहिला बत्ति नभएका कारण हिडडुलमा समस्याको साथै चोरीका घटना हुने गरेको थिए । बत्ती बलेपछि यो घटना बन्द भएको छ ।
जेष्ठ नागरिक र बालबालिकाका लागि के काम गर्नुभयो ?
जेष्ठ नागरिक र बालबालिकाका लागि खेल्न, आराम गर्न र छलफलका लागि बालबालिका तथा जेष्ठ नागरिक पार्कको निर्माण गरिँदैछ । त्यहाँ खेल र व्यायामका सामाग्री राखिन्छ । यो वडाबाट क्रमागत रुपमा बन्नेछ । अहिले वडाले ५० लाख रकम विनियोजन गरेर यसको सुरुवात गरेको छ । यो सम्पन्न हुँदा यसमा करिब ४ करोडको हाराहारीमा वजेट खर्च हुन्छ । धेरै रकम वडाले एकै पटक खर्च गर्न नसक्ने भएको हुनाले क्रमागत रुपमा पार्क निर्माण कार्य अगाडि बढाइएको हो ।
यसको अलवा नाट्यश्वरी पार्क पनि बनिरहेको थियो । जसका लागि ५० लाख बजेट छुट्याइएको छ । यसबीच प्रथम वर्षको बजेट कार्यान्वयन भई निर्माण कार्य अगाडि बढिसकेको भएपनि दोस्रो वर्षमा रोकियो भने तेस्रो आर्थिक वर्षमा मेयरको चाहना नहुँदा बजेट परेन । हाल यो निर्माण कार्य रोकिएको छ । त्यहाँ चार करोडको लगानीमा पार्क देखि भ्यू टावरसम्म बनाउने योजना चलिरहेको छ । त्यहाँ आश्रम पनि हुन्छ । एउटा ऐतिहासिक धारो पनि छ । त्यसलाई पुन निर्माण समेत गर्ने योजना रहेको छ । तर मेयरले त्यसलाई रोक्नुभएको छ ।
कोभिडको समयमा वडाले के कस्ता काम गर्यो ?
कोभिड–१९ को नियन्त्रणका लागि सबैभन्दा बढी आम जनतामा चेतना हुनु जरुरी थियो । त्यसका लागि पहिलो चरणमा जनचेतना जगाउने काम गर्यो । बन्दाबन्दीको समयमा उपभोक्ता हित विपरितका कार्य गर्ने व्यापारीहरुमाथि अनुगमन गरि गलत गर्ने व्यापारीहरुलाई सचेत गराएका थियौं । वडाका २० जना युवादस्तालाई स्वयम्सेवकको रुपमा परिचालन गरि लकडाउनको पालना गराउने, खाद्य पदार्थ लगायत अत्यावश्यक बस्तुहरुमा कृत्रिम अभाव सिर्जना हुन नदिन अनुगमन कार्यलाई तिव्रता दिएका थियौं । दैनिक ज्यालामजदुरी गर्ने र विपन्न परिवारहरुको घर घरमा गएर चामल, नुन, तेल लगायतका खाद्य पदार्थहरु उपलब्ध गरायौं । नगरपालिकाले उपलब्ध गराएको बजेटले नपुगेपछि वडा कार्यालयले विभिन्नसंघ संस्थाहरुसँग छट्टै समन्वय गरेर कयौं पटक राहत उपलब्ध गरायौं ।
त्यसैगरी कोरोना भाइरसबाट संक्रमित मानिसहरुका लागि क्वारेन्टाइनको व्यवस्था, अक्सिजनको सिलिण्डर र अस्पतालमा बेडको व्यवस्था गर्न सफल भयौं । सम्पर्कमा आएका जोकोहीलाई पनि हामीले यी सेवाबाट बञ्चित हुन दिएनौँ । कोरोना विरुद्धको खोप आएपछि वडावासीलाई खोप लगाउनका लागि सहयोग ग¥यौं । कोभिड रोकथाम तथा नियन्त्रणमा वडाले खेलेको भूमिकाले ठुलो क्षति हुन पाएन ।
वडामा स्वास्थ्य चौकी छ ?
छैन, अहिले त्यसको आवश्यकता महसुस गरेका कारण नयाँ बनाउने योजना बनाएका छौ । यसको काम सुरु भइसकेको छ । जसका लागि ६० लाख रकम विनियोजन गरिसकेका छौ । अव बन्ने स्वास्थ्य चौकीमा ल्याव र फार्मेसीको समेत सुविधा हुनेछ । यो १५ वेडको हुनेछ । जहाँ स्थानीय वडाबासीले सहज तरिकाले सेवा लिन सक्ने छन् ।
खानेपानीको क्षेत्रमा के–के काम भए त ?
हाम्रो खानेपानीको लाइन बोडे हो । अहिले हामीले मगरगाउँ र जातिगाल क्षेत्रमा दुई तर्फबाट खानेपानीको व्यवस्था मिलाएका छौ । त्यसका लागि पाइप लाइन बिछ्याउने काम भएको छ । पाइप लाइनको काम पूर्ण भएको भएपनि अहिले पानीको सञ्चालन गरिसकेको अवस्था छैन । अहिलेका लागि पानीको समस्या नै छ । तर यो केही समयमा समाधान भएर जान्छ ।
अहिले बोडेले दिएको पानीको मात्र भर थियो । हामीले पानीको अपुग भएका कारण आफ्नै डिप बोरिङको निमार्ण गरी सकेका छौ । अव भने आफ्नै डिप बोरिङबाट पानी प्राप्त हुनेछ । यसले हाम्रो पानीमा देखिएको समस्यालाई निराकरण गर्छ भन्ने हाम्रो विश्वास छ । अव यसको ओभरहेड ट्यांक र पाइपलाईन बनाइसकेपछि वडा नं. २ मात्र हैन १ र ३ लाई समेत खानेपानी वितरण गर्न सकिन्छ ।
तपाईको पहिलो कार्यकालमा शिक्षा क्षेत्रमा के के उपलब्धि भए त ?
शिक्षाको क्षेत्रमा चारवटा सामुदायिक विद्यालय रहेका छन् । आर्दश माध्यमिक विद्यालय, महेन्द्र आधारभूत विद्यालय, लोकन्थली प्रा.वि. र बालसुधार माध्यमिक विद्यालय रहेका छन् । बालसुधार माध्यमिक विद्यालय भने यी अरु विद्यालय भन्दा अलिक फरक प्रकृतिको विद्यालय हो । यहाँ १८ वर्षभन्दा कम उमेरमा अपराधिक कृयाकलापमा सरिक भएका बालबालिका लागि बन्दीगृहमा राख्न समस्या हुने भएकाले यहाँ राख्ने र उनीहरुलाई अध्ययन अध्यापन गर्ने गरिन्छ ।
आर्दश विद्यालयलाई २०७२ को भुकम्पले क्षति गरेको थियो । त्यो विद्यालयलाई अहिले युएस एडको समकार्यमा झण्डै तिसकरोडको लगानीमा स्कुलको भवन र्याफ्टो फिटिङ प्रविधिको प्रयोग गरेर निर्माण भएको छ । जसलाई पुरानै शैलीमा राखिएको छ । अहिले यहाँ पढन पाढन सुरु भएसकेको छ । नेपालमा रहेका सामुदायिक विद्यालयमा यो नमूनाको रुपमा रहेको विद्यालय हो भन्ने कुरामा हामी विश्वस्त रहेका छौ ।
आर्दश विद्यालयलाई २०७२ को भुकम्पले क्षति गरेको थियो । त्यो विद्यालयलाई अहिले युएस एडको समकार्यमा झण्डै तिसकरोडको लगानीमा स्कुलको भवन र्याफ्टो फिटिङ प्रविधिको प्रयोग गरेर निर्माण भएको छ । जसलाई पुरानै शैलीमा राखिएको छ । अहिले यहाँ पढन पाढन सुरु भएसकेको छ । नेपालमा रहेका सामुदायिक विद्यालयमा यो नमूनाको रुपमा रहेको विद्यालय हो भन्ने कुरामा हामी विश्वस्त रहेका छौ ।

यसको क्षेत्रफल धेरै र भवनको निर्माण पनि अत्याधुनिक तरिकाले निर्माण गरिएको छ । यो विद्यालय लाई आवश्यक पर्ने स्टेशनरी र कम्प्युटर वडा कार्यालयले सहयोग गरेको छ । भवन निर्माण पछि त्यसमा गर्नुपर्ने सौन्दर्य करणका काम गरेको वडा स्तरबाट भएको छ । यसै गरी विद्यालय हातामा एउटा पार्क बनिरहेको छ । त्यो केही दिनमा सम्पन्न हुन्छ । विद्यार्थीलाई शान्त वातावरण पढनका लागि सहज होस् भन्ने उद्देश्यले यो काम गरिएको हो ।
महेन्द्र आर्दश विद्यालयमा पनि खानेपानीको समस्या थियो । अहिले त्यहाँ बोरिङ प्रविधि मार्फत फिल्टर गरेर शुद्ध पानी पिउनेको व्यवस्था गरेका छौ । त्यो एकदमै व्यवस्थित रहेको छ । त्यसैगरी दिवा खाजाको व्यवस्थापन गरेका छौ ।
सबै वडामा ढलको समस्या देखिएको छ । यो वडामा ढलको अवस्था कस्तो छ ?
हो, हाम्रो जातिगाल क्षेत्रमा ढलको समस्या थियो । यहाँ ढल फुटेर हिडडुलमा समेत समस्या परेको थियो । त्यहाँको बाटो ढल बनाउन नसकेका कारण कालोपत्रे गर्न सकिएको थिएन । त्यो क्षेत्र धेरै विवादित क्षेत्र पनि थियो । अहिले त्यसमा ढलको व्यवस्थापन गरेर ६ मिटरको कालो पत्रे सडक बन्दै छ । पिचको काम सम्पन्न हुने क्रममा छ । यसमा ढल बनाउन मात्र एक करोड बजेट खर्च भएको छ ।
यो ५ वर्षको अवधिमा मेरो नेतृत्वमा रहेको मध्यपुर थिमी नगरपालिका वडा नं. २ मा यति धेरै काम भयो कि अब आउने नेतृत्वले के काम गर्ने भनेर खोज्दै हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । यो पाँच वर्षे अवधिमा हामीले नगरप्रमुखको असहयोगका बाबजूद असाधारण काम गर्न सफल भएका छौँ । वडाबासीहरु निकै खुसी छन् ।
वडा कार्यालय बनाउने योजना के भयो ?
दिव्यश्वरी जग्गा आयोजनाले वडा कार्यालयका लागि भनेर छुट्याइएको २० आना जग्गामा पनि नगर प्रमुखका कारण रोकिएको छ । त्यसमा उपभोक्ता र संचालक समितिले निर्णय गरेकोमा रोक्नु भनेको अन्यायपूर्ण हो । हामीले जग्गा पाउने भएपछि त्यसैको आधारमा डिपिआर गर्यौ । नगरले भवन बनाउन नसकिरहेको अवस्थामा वडाले बनाउने भयो भनेर प्रमुखले रोक्नु भयो । जहाँ भवन बनाउने भनेर तयारी गरियो त्यहाँ समस्या भएका कारण भवन बन्न सकेको छैन । हामी उपयुक्त स्थान र जग्गाको खोजिमा छौ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त आदर्स माध्यामिक विद्यालयको भवन पुर्ननिमाणपछिे फेरिएको स्वरुप
तपाई आफ्नो कार्यकालको उत्तरार्धमा हुनुहुन्छ ? जनताले दिएको जिम्मेवारी कति पूरा गरेँजस्तो लाग्छ ?
स्वाभाविक रुपमा । यो ५ वर्षको अवधिमा मेरो नेतृत्वमा रहेको मध्यपुर थिमी नगरपालिका वडा नं. २ मा यति धेरै काम भयो कि अब आउने नेतृत्वले के काम गर्ने भनेर खोज्दै हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । यो पाँच वर्षे अवधिमा हामीले नगरप्रमुखको असहयोगका बाबजूद असाधारण काम गर्न सफल भएका छौँ । वडाबासीहरु निकै खुसी छन् ।
अन्त्यमा, फेरी पनि जनप्रतिनिधि बन्ने चाहना छ कि छैन ?
म आवद्ध पार्टी र नगरबासीहरुले मेरो आवश्यकता महसुस गरेको बुझाई ममा छ । यसका लागि थप सल्लाह र सुझाव लिने काम भईरहेको छ ।


प्रतिकृया दिनुहोस्