पाँचवर्षे गतिबिधि समेटेर ‘सूर्यविनायक दर्पण’

पाँचवर्षे गतिबिधि समेटेर ‘सूर्यविनायक दर्पण’

भक्तपुर । सूर्यविनायक नगरपालिकाले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेदेखि हालसम्म भएका बिकासका समग्र गतिबिधि समेटिएको पुस्तक ‘सूर्यविनायक दर्पण’ लोकार्पण गशरिएको छ ।
नगरपालिकाले आयोजना गरेको लोकार्पण कार्यक्रममा वाग्मती प्रदेश सभाका सदस्यद्धय शशीजंग थापा, सरस्वती वाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य शशीजंग थापाले संघ, प्रदेश र स्थानीय तहको राम्रो समन्वय भयो भने विकासमा अपार उपलब्धी हासिल गर्न सकिन्छ भन्ने नमूना सूर्यविनायक नगरपालिकाले उदाहरण प्रस्तुत गरेको बताउनु भयो ।
विगत पाँच पाँच वर्ष भक्तपुरको इतिहासमा विकासको स्वर्णिम युग भएको चर्चा गर्दै उहाँले सिंगो देश बनाउन तीन तहको सरकार काफी छ भन्ने नमूना यो पुस्तकबाट पनि झल्किने बचाउनु भयो ।
स्थानीय तहमा ०५४ साल पछिको रिक्तताको खाडल यो पाँच वर्षमा पुरा गर्ने सक्दो प्रयास गरेको भन्दै उहाँले आगामी बैशाख ३० गते हुने निर्वाचनमा जनताले विकासको मूल्यांकन गर्ने बताउनु भयो ।
कार्यक्रममा अर्का वाग्मती प्रदेश सदस्य सरस्वती वाटीले पुस्तकले सूर्यविनायकको सूम्पूर्ण विकास झल्काएको बताउनु भयो ।
तीन तहको सरकार एकअर्काको प्रतिस्पर्धी होइन भन्दै उहाँले तीन तहको सरकारमा एकले अर्कोलाई निधेष गर्ने, अस्तित्व नस्वीस्कार्ने र समन्वय नगर्ने हो भने विकास नहुने भन्दै प्रदेश सभा सदस्य थापाले तीन तहको सरकारबीच तालमेल मिल्यो भने २० औ वर्षमा गर्न नसकेको बिकास पनि पाँच वर्षमा गर्न सकिने रैछ भन्ने प्रमाणित भएको बताउनु भयो ।
पाँच वर्षको उपलब्धीलाई जनताको घरदैलोमा पुरयाउदै फेरी जनताको माझ जाने बताउदै उहाँले बैशाख ३० गते यसको मूल्यांकन गर्दै जनताले आफ्नो सही नेतृत्व छान्ने बताउनु भयो । संघीयता बिरोधी तत्वहरु अहिले पनि सक्रिय भइरहेको भन्दै उहाँले अहिलेको उपलब्धी संघीयता कार्यान्वयनका कारण भएको बताउनु भयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनप्रतिनिधि आए पछि सूर्यविनायकमा के के गर्यो भन्ने जान्न यो पुस्तक हेरे पुग्ने भन्दै उहाँले जनतासँग गरेको प्रतिबद्धता पुरा गरियो कि गरिएन जनताले मूल्यांकन गर्न सक्ने बताउनु भयो ।
नगरपालिकामा दुई दलको प्रतिनिधित्व हुँदा पनि कहिले पनि प्रतिपक्ष र सत्ता पक्षको व्यबहार नभएको भन्दै नगरपालिकाको काममा सबै एकजुट भएर लाग्दा विकासले फड्को मारेको चर्चा गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका नगरपालिकाका प्रवक्ता एवं वडा नंं ९ का वडाध्यक्ष उपेन्द्र केसीलगायतले पाँच वर्षमा धेरै काम गर्न सफल भए पनि अझै काम गर्न धेरै बाँकी रहेको बताउनुृ भयो ।

लोकप्रिय