तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । उनलाई आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

यसअघि आज मंगलबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।

गत २६ फागुनमा बसेको न्यायपरिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

लोकप्रिय