नगरस्तरीय चुनावी छलफल सम्पन्न

नगरस्तरीय चुनावी छलफल सम्पन्न

काठमाडौ । मध्यपुर थिमी नगरपालिकामा चुनावी गर्मागर्मी बढेको छ । सत्ता गठनबन्धन दल र एमाले दुवै तर्फका प्रतिनिधिहरु चुनावमा कसरी जित हाँसिल गर्ने भनेर चुनावी छलफल, अन्तरक्रिया लगायतका गतिविधिहरु बढाईरहेका छन् ।
यसबीच, २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूका बिचमा छलफल सम्पन्न भएको छ । स्थानिय अवस्था र आवश्यक्ता अनुरूप तालमेलको लागि बसिएको प्रारम्भिक बैठकमा पालिकास्थित गठबन्धन दलहरूका प्रमुखहरुबीच छलफल सम्पन्न भएको नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्यसमितिका सचिव राम थापा मगरले बताउनुभयो । छलफल नगर सभापति हरिदास प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको हो ।

लोकप्रिय