भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकियो

भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकियो

काठमाडौँ । भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण यसअघि स्थगित परीक्षाको मिति तोकिएको हो ।

भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा आगामी वैशाख १७ गते दिउँसो २ बजे हुने गोरखापत्रमा सूचना निकालेर जानकारी दिएको हो । परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जनाएको छ ।

लोकप्रिय