विमानस्थलमा खटिने प्रहरीलाई “यात्रुमैत्री प्रहरी व्यवहार” तालिम

विमानस्थलमा खटिने प्रहरीलाई “यात्रुमैत्री प्रहरी व्यवहार” तालिम

 

काठमाडौ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी कर्मचारीहरुको लागि ३ दिने “यात्रुमैत्री प्रहरी व्यवहार” अनुशिक्षण तालिम संचालन गरिएको छ ।
सो तालिममा विमानस्थलमा कार्यरत २६५ जना प्रहरी हवल्दार तथा जवानहरु सहभागी हुनेछन् ।
उक्त तालिमको मुख्य उद्देश्‍य विमानस्थलमा पुग्ने सेवाग्राहीहरुलाई सभ्य, शिष्‍ट र नम्र व्यवहार गरी यात्रुमैत्री सेवा प्रदान गर्नु रहेको जनाएको छ ।
विमानस्थलमा समस्यामा परेका यात्रुहरुलाई आवश्यक सहयोग गरी हवाई यात्रुहरुलाई सुरक्षाको प्रत्याभुती दिलाई सुरक्षित साथ गन्तव्यसम्म पुग्न सहजीकरण गर्दै आम जनसमुदाय तथा अन्तर्राष्ट्रिय जगतमा समेत प्रहरीको छवि उच्च राख्नका लागि “यात्रुमैत्री प्रहरी व्यवहार” तालिम सञ्चालनमा ल्याएको प्रहरीको भनाई छ ।

लोकप्रिय