२६ औं पटक सगरमाथा आरोहणमा गर्न लागेका शेर्पालाई लुम्बिनी विकास बैंक लोगो अंकित झण्डा हस्तान्तरण

२६ औं पटक सगरमाथा आरोहणमा गर्न लागेका शेर्पालाई लुम्बिनी विकास बैंक लोगो अंकित झण्डा हस्तान्तरण

 

काठमाडौ । लुम्बिनी विकास बैंक लि. ले २६ औं पटक सगरमाथाको आरोहण गर्न लाग्नुभएकोमा विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई शुभकामना कार्यक्रमको सम्पन्न गरेको छ ।
विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व किर्तीमान कायम गरी सक्नुभएका किर्तीमानी आरोही कामी रिता शेर्पा २६ औं पटक पुनः आरोहणको लागि प्रस्थान गर्न लाग्नु भएकोमा उहाँको सफल आरोहणको लागी लुम्बिनी विकास बैंक लि.ले समेत सहकार्य गर्दै लुम्बिनी विकास बैंक लि.को लोगो अंकित झण्डा बैंकका अध्यक्ष दशरथ रिसालले किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई हस्तान्तरण गर्नुभएको हो ।
किर्तीमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा ‘निरन्तर सहयात्री’ बनि आबद्घ हुनुहुन्छ । उहाँको यो किर्तीमानी आरोहण आफ्नो लागी मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६ औं पटक आरोहण गर्न लागेको जानकारी दिनुभयो । उहाँको यस कार्यले लुम्बिनी विकास बैंक लि. साथै सम्पुर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ भन्नुभयो ।

लोकप्रिय