सुबास नेम्वाङ्ग संग समाजवादी कांग्रेसका अध्यक्षको किन चल्यो चोचोमोचो ?

सुबास नेम्वाङ्ग संग समाजवादी कांग्रेसका अध्यक्षको किन चल्यो चोचोमोचो ?

 

काठमाण्डौ । प्रजातान्त्रिक अभ्यासलाई फरक ढंगले व्याख्या गर्दै विश्व संबैधानिकताको मन्त्रलाई जपेर नेपाललाई स्वाधीन र बिकसित मुलुक बनाउने अभियानमा होमिएको नेपाल समाजवादी कांग्रेस पछिल्ला दिनमा धार्ने आन्दोलनमा होमिएको छ।

देशको अस्तित्व बचाउन निम्ति संघियता र धर्मनिरपेक्षताको खारेजी, संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, विशेष अधिकार सहितको राजसंस्थाको स्थापना सहितमा मुद्दालाई केन्द्रमा राखेर सडक आन्दोलन समेत गरेको उक्त पार्टी यतिबेला हाललाई नगरी आफ्नो मुद्दाको विपक्षमा खडा भएका शक्तिलाई चारै सुर बाँधेर लडाउने रणनीति अन्तर्गतका गतिबिधि गर्दै आएको छ।

यहि मेसोमा सो पार्टीका अध्यक्ष गोबिन्द निरौलाले संबिधान सभाका अध्यक्ष सुबास नेम्वाङ्गलाई भेटेर संबिधान निर्माणमा गरेको गल्तिको दोष लगाउदै आफ्नो पार्टीले अघि सारेका मुद्दाका बारेमा थप प्रष्ट पारेका छन्। संबिधानवादको फरक व्याख्या गर्नमा माहिर निरौलाको तर्क सुनेर सुबास एकोहोरिएको नेम्वाङ्गको सचिवालयका एक सदस्यले बताए।

सुबास नेम्वाङ्ग उनै व्यक्ति हुन् जसले धर्मनिरपेक्षतालाई अन्तरिम संबिधानमा कुटिलता पूर्वक घुसाएका थिए। धर्मनिरपेक्षताको खारेजीको मुद्दालाई जोडदार रूपमा उठाउदै आएको समाजवादी कांग्रेसले नेम्वाङ्गलाई सुरुमै भेट्नुको खास अर्थ रहेको बुझिएको छ।
यस अघि नै समाजवादी कांग्रेसले ठुला भनिएका दलका सबै नेतालाई ज्ञापन पत्र, बिरोध पत्र बुझाएर दबाब दिईसकेको छ।

अहिले सबै नेतालाई सशरीर अध्यक्ष निरौलाले भेटेर आँखामा आँखा जुधाएर टक्कर दिने कार्यक्रम अन्तर्गत नेम्वाङ्गलाई शुरुमा भेटेको सो पार्टीले बताएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा ,एमाले अध्यक्ष केपी ओली, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड संग केही दिनमै भेट्ने र पार्टीले बोकेका मुद्दा र मागका बिषयमा जानकारी गराउने कार्यक्रम रहेको निरौलाले बताए।

हरेक पार्टीको दोश्रो तहका नेतालाई भेटेर निरौलाले माहोल तताएका छन् भने कुटनीतिक क्षेत्रका अगुवा र नागरिक समाजका अगुवालाई समेत निरौलाले गोप्य रूपमा बाक्लै भेट गरेको बुझिएको छ।
स्थानीय तहको निर्वाचन बहिष्कारको घोषणा गरेको समाजवादी कांग्रेसले भित्र भित्रै आफ्ना गतिविधि आक्रामक ढंगले बढाए पछि राज्यले समेत आफुहरुलाई गुप्त निगरानीमा राखेको सुचना पाएको निरौलाले बताए। निरौला पछिल्ला दिनमा मोहन बैध र विप्लब संग निरन्तर सम्पर्कमा रहेको बुझिएको छ।

लोकप्रिय