भरतपुर महानगरमा कांग्रेसले नछाड्ने

भरतपुर महानगरमा कांग्रेसले नछाड्ने

 

काठमाडौ । स्थानीय निर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति त भयो तर गठबन्धनभित्रै विवाद र किचलोले गठबन्धन नै संकटमा पर्ने देखिएको छ । पछिल्लो समय भरतपुर महानगरपालिकामा बढेको विवादले गठबन्धनभित्रको झाँगिएको विवाद सतहमै आएको हो ।
०७३ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार थिए । नेपाली कांग्रेसको गढ मानिएको भरतपुर नगरपालिकामा कांग्रेसकै मतले रेणुले चुनावमा जित हाँसिल गरिन् ।
आगामी स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुने भएसँगै प्रचण्डपुत्री रेणु दाहालले पुन भरतपुर महानगरको मेयरमा दोहोरिने कसरतमा जुटेकी छिन् । तर, यसपटक उनलाई कांग्रेसले स्वीकार गर्ने अवस्था छैन । किनकी ०७४ सालको संघीय निर्वाचनमामा प्रचण्डले कांग्रेसलाई धोखा दिएपछि कांग्रेस हारेको थियो । पुनः यस्तै घटना दोहोरिन सक्ने भन्दै भरतपुर कांग्रेस शसंकित देखिएको छ ।
यसबीच, भरतपुर महानगरको नगर प्रमुख पद नछाड्ने अडान कार्यान्वयन गर्न नेपाली काँग्रेस चितवनले नेतृत्वलाई चर्को दबाब दिएको छ । चुनावी तालमेलमा फेरि पनि नेकपा माओवादी केन्द्रको भागमा भरतपुर महानगरको प्रमुख नदिन जिल्लाका नेताहरूले पार्टीका शीर्षनेतालाई काठमाडौमै आएर ध्यानाकर्षण गराएको छ ।
जिल्ला सभापति, केन्द्रीय सदस्यहरूसहितले गत बिहीबार सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत रहनुभएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफ्ना अडान राखेका छन् ।
स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा भरतपुर काँग्रेसले पाउनुपर्ने भन्दै कुनै पनि हालतमा छाड्न नसकिने जिल्ला पूर्वसभापति जितनारायण श्रेष्ठले बताए ।
वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको प्रमुख काँग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुुरा सुनाएको नेता श्रेष्ठले जानकारी दिए ।

लोकप्रिय